२०७९ मंसिर ९, शुक्रबार ११:१९
सिरहा निर्वाचन क्षेत्र नं ३ (ख) बाट नेकपा (एकीकृत समाजवादी)का प्रमोदकुमार यादव निर्वाचित भएका छन्।
निर्वाचन अधिकृतको कार्यालय सिरहाका अनुसार बिहीबार राति सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार यादवले नौ सय ६२ मतान्तरसहित नौ हजार नौ सय ७६ मत प्राप्त गरेका छन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सञ्जयप्रकाश यादवले आठ हजार १४ मत प्राप्त गरेका छन् ।


