२०७९ मंसिर ९, शुक्रबार १३:४५

सप्तरीको क्षेत्र नं ४ को (ख) बाट स्वतन्त्र उम्मेदवार अनिरुद्धकुमार सिंह यादव विजयी भएका छन्।

सहायक निर्वाचन अधिकृत वसन्तकुमार दासका अनुसार स्वतन्त्र उम्मेदवार यादवले नौ हजार ९८५ मत ल्याएर निर्वाचित भएका छन्।

उनको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार अभिषेक यादवले सात हजार ९२० मत प्राप्त गर्दा जनमत पार्टीका केशरराज गुप्ताले पाँच हजार सात सय ७३ मत प्राप्त गरेका थिए ।

Comment

Related News

Latest News

Trending News