२०७९ मंसिर १०, शनिबार ०९:१३

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का अध्यक्ष महन्थ ठाकुर महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् ।

मतगणना प्रारम्भ भएदेखि स्वतन्त्र उम्मेदवार रामअधार कापरबाट पछाडि रहेका ठाकुरले मतगणनाको अन्तिम चरणमा जनता समाजवादी पार्टी(जसपा)का उम्मेदवार हरिनारायण यादवलाई २ हजार ५० मतले पछाडि पार्दै जित हात पारे ।ठाकुरले लगातार एउटै क्षेत्रबाट दोस्रो पटक निर्वाचित भएको यो नै पहिलो हो । सो क्षेत्रको प्रदेश ‘क’ बाट अभिराम शर्मा र ‘ख’बाट रानी शर्मा तिवारी निर्वाचित भएका छन् ।लोसपाबाट ठाकुर, शर्मा र तिवारी तीनै जना २०७४ सालको चुनावमा पनि निर्वाचित भएका थिए ।लगातार दोस्रो पटक एउटै क्षेत्रबाट प्रदेश र प्रतिनिधि सभामा एउटै दलबाट विजय हासिल गर्ने ठाकुर, शर्मा र तिवारी नै हुन् । लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले फराकिलो मतान्तरले चुनाव जितेका छन् । देशका सबै प्रमुख राजनीतिक दलका अध्यक्षहरु प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

मधेशको प्रतिनिधित्व गर्ने अत्यन्त चर्चित जसपाका अध्यक्ष उपेन्द्र यादव सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट पराजित भएका हुन् ।जनमत पार्टीका अध्यक्ष सी के राउतले जसपा अध्यक्ष यादवलाई भारी मतान्तरले पराजितगर्दै चर्चा बटुलेका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिंगदेन समेत चुनाव जितेका छन् । जसपाका मधेश प्रदेश अध्यक्ष रामबाबु कुमार यादव पनि पराजित भएका छन् ।उनी बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट एमालेकी ज्वाला साहबाट पराजित भएका हुन् ।जसपा संघीय परिषदका अध्यक्ष अशोक राई र वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ समेत पराजित भएका छन् ।कोषाध्यक्ष विजय कुमार यादव सिरहाबाट प्रदेश सभासदस्यमा पराजित भएका छन् ।यद्यपि प्रदेशमा जसपाबाट प्रत्यक्षमा १० जनाले चुनाव जितेका छन् ।

प्रतिनिधि सभामा मधेश प्रदेशका ३२ जना प्रत्यक्ष निर्वाचित सदस्य रहने छन् ।त्यसमा जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो, अनिल झा लगायतको अनुहार देखिने छैन् । मधेश प्रदेशमा ठूलो दल रहेको जसपा यस पटक तेस्रो स्थानमा झर्ने देखिएको छ ।नेकां र एमाले पहिलो र दोस्रो दल हुनेछन् ।पछिल्लो प्रदेश सभामा एमाले विभाजन भएपछि सबै भन्दा सानो दल भएको थियो ।

Comment


Related News

Latest News

Trending News