२०७९ मंसिर १०, शनिबार १२:०२
महोत्तरी क्षेत्र नं ४ को प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका महेन्द्रकुमार राय निर्वाचित हुनुभएको छ ।
रायले जनता समाजवादी पार्टीका डा. सुरेन्द्रकुमार यादवलाई चार हजार बढी मतले पछि पार्दै उहाँ विजयी हुनुभएको हो ।
रायले २५ हजार ४२० मत प्राप्त गर्नुभएको छ । पराजित यादवले २१ हजार २९६ मत ल्याउनुभएको छ । राय र यादवबीचको मतान्तर ४ हजार १ सय २४ मत छ । जनमतका मनोजकुमार साहले दश हजार ३९ मत प्राप्त गर्नुभएको छ ।



