२०७९ मंसिर १०, शनिबार १७:२५

भारतको मुंवईमा भएको २६/११ घटनामा शहादत प्राप्त गरेका व्यक्तीहरुको स्मरणमा जनकपुरधाममा श्रद्धाञ्जलीसभा गरिएको छ ।

शनिवार मानवता संरक्षण मंचले शान्तिपुर्ण केण्डल मार्च निकाल्दै आजकै दिन मुंवईको विभिन्न ठाउमा भएको आतंकवादी हमलामा परि मृत्युवरण गरेका व्यक्तिहरुको सम्झना गरेको छ । जनकपुरधामको रेल्वेस्टेशनबाट निस्केको केण्डल मार्च जनकचौकमा गई कोणसभामा परिणत भएको थियो । कोणसभामा वोल्दै मंचका संयोजक सुनिल कुमार यादवले आतंकवाद र आतंकवादी मानवताको सत्रु भएकोले यसको विरुद्ध खुलेर बोल्नुपर्ने वताए । उनले नेपालमा पनि आतंकवादको गतिविधीहरु वढदै गएकाले समयमै सजग भई कडा कदम चाल्न सरकारलाई आग्रह गर्दै आतंकवादवाद विरुद्ध आन्तराष्टिय निकायमा आवाज उठाउनुपर्ने समय आएको वताए । आतंकवादको कुनै जाती र धर्म नभएकोले आतंकवाद विरुद्ध सबैको साथ र सहयोगको आवश्यकता रहेको उनको भनाई थियो । मंचले मृतकहरुको चिरशान्तीका लागि मोमवती प्रज्वलन गरि श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News