२०७९ मंसिर ११, आईतवार ०८:००
धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा जसपाका दीपक कार्की विजयी भएका छन् ।
उनले पाँच हजार ९ सय ४८ मतले नेकपा माओवादी केन्द्रका मातृका प्रसाद यादवलाई पराजित गरेका छन् । कार्कीले २७ हजार चार सय ३१ मत ल्याएका छन् भने मातृकाले २१ हजार चार सय ८३ मत ल्याएका छन् । मातृका पाँच दलीय गठबन्धनको साझा उम्मेदवार थिए भने कार्की जसपा–एमाले गठबन्धनबाट जसपाका उम्मेदवार थिए । यसअघि ०७४ मा मातृकाको निकटतम प्रतिद्वन्द्वी कार्की नै थिए । जनमत पार्टीका किशोरी साहले १४ हजार चार सय ६७ र राप्रपाका मनोज मल्लले आठ हजार दुई सय ८३ मत ल्याएका छन् ।



