२०७९ मंसिर ११, आईतवार ०८:३९

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) जनकपुरधाम उपमहानगरपालिकाका नगर अध्यक्ष मनोज चौधरीले राजिनामा दिएका छन् ।

शनिवार लोसपाका केन्द्रीय कार्य समितिलाई उनले राजिनामा पत्र बुझाएका छन् । उनले पार्टीको साधारण सदस्यसमेतबाट राजिनामा दिएको पत्रमा उल्लेख गरेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेदवार अनिल झा र प्रदेशसभातर्फ परमेश्वर साह पराजित भएपछि गल्ती स्वीकार गर्दै उनले नैतिकताको आधारमा राजिनामा दिएको पत्रमार्फत जनाएका छन् । ‘धनुषा क्षेत्र नम्बर ३ र ३ को ‘ख’मा पार्टीको उम्मेदवार पराजित भएको अवस्थालाई नगर अध्यक्षको हैसियतले कमी कमजोरी स्वीकार गर्दै क्षमा याचनाका साथ लोसपा नगर कमिटिको अध्यक्ष पदबाट राजिनामा गर्नुको साथै पार्टीको साधारण सदस्यसमेतबाट राजिनामा गर्दछु,’राजिनामा पत्रमा उल्लेख छ । उनले पार्टी त्याग गरेपछि अर्को पार्टीमा जाने विषयमा खुलाएका छैनन् । यद्यपि उनी नेपाली कांग्रेसमा जान सक्ने सम्भावना बढी छ ।

Please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News