२०७९ मंसिर १२, सोमबार ०७:१९

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सपहीमा राष्ट्रिय झण्डा लगाइएको छ ।

आइतबार बेस प्रमुख सशस्त्र प्रहरी नायव निरीक्षक रोहितकुमार भुजेलको नेतृत्वमा झण्डा लगाइएको छ । एक समारोहको आयोजना गरी झण्डा लगाइएको छ । उक्त कार्यक्रममा स्थानीय जयनारायण यादव र पूर्व गाउँपालिका अध्यक्ष विन्देश्वर यादवको सहभागिता रहेको थियो । राष्ट्रको लागि काम गर्ने कार्यालयमा झण्डा लगाएर राष्ट्रियताको भावना जगाउने उद्देश्यले राखिएको प्रमुख भुजेलले बताए । पछिल्लो समय सशस्त्र प्रहरी नायव निरीक्षक भुजेलले स्थानीय र सरोकारवालासंग सहकार्य गरेर काम गरिरहेका छन् । लामो समयदेखि कार्यालयको बक्यौता रहेको विद्युत् शुल्क पनि पालिकाले तिर्ने गरी उनले सम्झौता गरेका छन् । पालिकाले सुरक्षा बेसको आठ लाख ३२ हजार विद्युत महसुल तिर्ने सहमति गरेका छन् ।



Comment


Related News

Latest News

Trending News