भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चार वर्ष अघि जनकपुरधाम भ्रमणका क्रममा जनकपुर क्षेत्रको विकासका लागि गरेको २८ वैशाख ०७५ मा भारतीय प्रधानमन्त्री मोदी जनकपुर आउँदा जनकपुरको विकासका लागि १ अर्व भारतीय रकमको घोषणा गरेका थिए । तर, त्यसको ४ वर्षभन्दा बढी भइसक्दा पनि सो रकम आउने सकेको छैन । भारत सरकारले सहयोगमा दिने उक्त रकम कहिले आउने हो विषयमा नेपाल पक्ष अझै अनभिज्ञ नै छ ।
जनकपुरधाम उपमहानगरपालिका मेयर मनोज साहले भारतीय प्रधानामन्त्री नरेन्द्र मोदीले जनकपुरधामको विकासको लागि घोषणा गरेको रकम कहिले आउने विषयमा आफूलाई कुनै जानकारी नरहेको बताए । भारत सरकारले जनकपुरधामको विकासमा सहयोग गर्ने घोषणा गरेको थियो,मेयर साहले भने,‘ तर त्यसका लागि न नेपाल पक्षबाट राम्रो पहल भयो न त भारतीय पक्षबाटै चासो लिइयो । त्यसकारण अहिले अन्यौलको अवस्थामा छ ।’ भारत कुन काममा सहयोग गर्ने त्यसको विषयमा स्थानीय सरकार जनकपुरधाम उपमहानगरपालिका, मधेश प्रदेश सरकार र संघीय सरकारबीच न त छलफल भयो र न त कुनै सहकार्य नै भएको छैनन्,मेयर साहले भने,‘ यस्तो अवस्थामा भारत सरकारले पनि कहाँ कुन काम गरिदिने ? कुन कामको लागि पैसा दिने ? जस्ता प्रश्न उठछ । त्यसकारण यो नेपालतर्फको कमीकमजोरी हो । तर भारतीय पक्षले पनि चासो नलिनुले पनि यो काम अगाडि बढ्न सकेको छैन ।’ काठमाण्डुस्थित भारतीय दूतावासले उक्त रकमका लागि वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, मधेश प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकालाई योजनासहित प्रस्ताव पठाउन झण्डै दुई वर्ष अघि पत्राचार गरेको थियो । सोही अनुसार मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयले दूतावासमा गुरुयोजनासहित प्रस्ताव पठाएको थियो ।

तर, परिषद् र उपमहानगरपालिकासँग समन्वय नभएको बताउँदै दूतावासबाट प्रस्ताव फिर्ता आएको थियो । त्यसपछि वृहत्तर जनकपुर क्षेत्र विकास परिषदद्वारा प्रदेश सरकारसँग समन्वय गरेर एक अलग प्रस्ताव दूतावासमा पठाइएको थियो । उक्त प्रस्तावमा परिक्रमा अन्तर्गत नेपालभित्रका १० वटा विश्रामस्थल र जनकपुरको रंगभूमि मैदानलाई सौन्र्दयकरण सहितका कार्यहरु समावेश गरिएको थियो । पछि त्यो प्रस्ताव पनि पास भएन । ४ महिना अघि वृहत्तरले जनकपुरधाम स्थित गोपाल धर्मशालाको तीन विघा जग्गामा आधुनिक धर्मशाला निर्माण, भ्यू टावर, व्यवसायिक प्रतिष्ठानका लागि सटरहरु निर्माण गर्ने लगायतका प्रस्ताव तयार गरी पठाएको थियो । केही दिन अघि मात्रै जिम्मेवारी बाट अवकास पाएका वृहतर जनकपुरका निर्देशक बलराम ठाकुरले भने,’ पछिल्लो पटक पठाएको प्रस्तावमा भारतीय पक्ष सहमत छ । तर गोपाल धर्मशालाको जग्गा गुठी संस्थान मातहतको रहेकोले जग्गा अधिग्रहण प्रक्रिया पूरा भएपछि मात्रै त्यो अगाडि बढ्ने कुरा भएको छ । तर अहिलेसम्म जग्गा अधिग्रहण नै नभएकोले त्यो कार्य रोकिएको हो ।‘
please subscribe our official youtube channel below and support us.

