किशोरी सशक्तीकरणका लागि शिक्षा कार्यक्रम स्वयंसेवक परिषद्को समीक्षा बैठक तथा हस्तान्तरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
पर्साको दिब्य युवा कल्बको कार्यालयमा सम्पन्न भएको छ । दिब्य युवा कल्ब पर्साले संचालन गरेको साढे चार वर्ष ईन्गेज प्रयोजना संचालन रहेकोले दिसम्बर महिनामा फेज आउट भएकोले धोबिनी,जगरनाथपुर गाउँपालिकामा गठन गरिएको संजाल समितिका सदस्यहरुसंग अन्तरक्रिया समेत गरेको थियो । कार्यक्रमका संयोजक गणेश ठकुरीले भने यो कार्यक्रम ईन्गेज फेज आउट भए पनि गाउँपालिकामा संजाल समिति गठन रहेकोले संस्थासंग समन्वय कायम रहने छ । संजालको काम कर्तब्य र सहयोग जारी राख्न आग्रह समेत गरेका छन् । संयोजक ठकुरीले भने साढे चार वर्षमा विद्यालय बाहिर रहेकी १० वर्ष देखि १९ वर्ष की ३४० जना किशोरीहरुलाई विद्यालयमा भर्ना गराई पठन पाठनमा सहयोग गरेका छन । किशोरीहरुले टाढा विद्यालय र गरिबीका कारण किशोरीहरु विद्यालय जान बाट बंचित भएको कारण एनगेज कार्यक्रम अभियान अन्तर्गत संजालले किशोरी हरुलाई विद्यालय भर्ना गराएका छन ।

विद्यालय मर्मत र विद्यालय सुरुमा शौचालय लगायत विद्यालय भवन निर्माण गरेका छन् । ईनगेज प्रयोजना फेज आउट भए पनि अब गाउँपालिकाहरुमा गठन गरिए सजालमार्फत सहयोग गर्न आग्रह समेत गरेका छन् । कार्यक्रम दिब्य युवा कल्ब पर्साका अध्यक्ष उमेश प्रसाद चौहानको अध्यक्षतामा सम्पन भएको थियो । कार्यक्रम रामजतन यादवको अतिथ्यमा भएको कार्यक्रममा अदित्य पटेल से सहजीकरण गरेका थिए ।

