सीताराम विवाह महोत्सव अवसरमा नेपाल चार्टर्ड एकाउन्टेण्ट संघ जनकपुरधामले यहाँका एतिहासिक स्थल रंगभूमि मैदानमा निःशुल्क भोजन तथा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेका छन् ।
चाटर्ड एकाउन्टेण्ट संघका प्रदेश स्तरीय र जनकपुर स्तरीय केही सदस्यहरुको सहयोगले यो कार्यक्रम संचालन गरिएको थियो । उनीहरुले धार्मिक तथा ऐतिहासिक स्थल रंगभूमि फोहरमय नहोस उद्देश्यले खुवाएको पात तथा पानीका गिलाहसहरु समेत संकलन गरेका थिए । त्यस्तै,जनकपुरधाम उपमहानगपालिका व्यापारीहरुको सहयोगमा,तैलिक समाज जनकपुरधामद्वारा जनक चोकमा,मगही फाउण्डेशन द्वारा,जनकपुरधाम वडा नम्बर ९ द्वारा पनि निःशुल्क भोजन गराइएको छ । सीताराम विवाह महोत्सव अवसरमा यहाँका विभिन्न संघ संस्थाले श्रद्धालु भक्तजनहरुलाई अनेक प्रकारबाट निःशुल्क सेवा प्रदान गरेका छन ।


