बाराको सिमरामा पाँचौ सामाजिक सुरक्षा दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिक सुरक्षा कोष शाखा कार्यालय सिमराको आयोजनामा भएको कार्यक्रममा स्थानीय सरकारका प्रमुख, सरोकारवाला नीजि क्षेत्रका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, श्रमिक संघसंगठनका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी वक्ताहरुले नीजि क्षेत्रका श्रमिकको हितका लागि स्थापना भएको कोषको भूमिका र कार्ययोजनाको विषयमा चर्चा गरेका थिए । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले औद्योगिक करिडोरमा स्थापित कोषको भूमिका यस क्षेत्रका श्रमिकका लागि महत्वपूर्ण हुने बताए । पौडेलले श्रमिकको सुरक्षा र हितमा आधारित भएर कार्ययोजना अघि ल्याउन कोषलाई सुझाव दिएका छन् । सामाजिक सुरक्षा कोष सिमरा शाखाका प्रमुख ऋषीराम पाण्डेयले सरकारी कर्मचारीका लागि स्थापित संचय कोषजस्तै नीजि क्षेत्रका श्रमिकका लागि सामाजिक सुरक्षा कोष स्थापना भएको बताएका छन् ।

भर्खरै स्थापना भएका कारण कोषको भूमिकाको विषयमा बुझ्न केही समय लाग्ने र त्यसपश्चात नीजि श्रेत्रका श्रमिक आकर्षित हुने पाण्डेयले बताए । पाण्डेयले श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत रहेको कोषसम्म श्रमिकलाई जोड् नका लागि श्रमिकहरुको नेतृत्व गर्ने संघसंगठन,सरोकारवाला निकायको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

