२०७९ मंसिर १३, मंगलवार ०८:४९

सप्ताहव्यापी सीताराम विवाहपञ्चमीमा सहभागी हुन दश हजार श्रद्धालु रेल चढेर जनकपुरधाम आएका छन् ।

सामेबार सम्मको विवरण अनुसार करिब दश हजार श्रद्धालु भारतबाट जनकपुरधाम आएका छन् । एक सातादेखि जनकपुरधाम–जयनगर रेलमा ९० प्रतिशत भारतीय र दश प्रतिशत नेपालीले ओहोरदोहोर गरिरहेको जनकपुरधाम रेल्वे स्टेशनका टिकट विक्रेता सन्तुकुमार यादवले जानकारी दिए । उनका अनुसार सीताराम विवाहपञ्चमी सुरु भएपछि दैनिक जयनगरबाट आउने यात्रुको चाप बढेको छ । उनका अनुसार सोमबार सीताराम विवाहपञ्चमीको मुख्य दिन नै तीन हजार पाँच सय ५० जना जयनगरबाट जनकपुरधाम आएका छन् । सोमबार नै जनकपुरधामबाट तीन हजार तीन सय ३३ जना पुनः जनकपुरधामबाट जयनगर प्रस्थान गरेको उनले जनाएका छन् । आइतबार सीतारामको मटकोर भएको दिन दुई हजार पाँच सय ७३ जना जयनगरबाट जनकपुरधाम आएको र एक हजार फर्किएको उनले बताए । विवाहपञ्चमीको भीडमा हुनसक्ने सम्भावित घटनालाई रोक्नका लागि जनकपुरधाममा सुरक्षा व्यवस्था कडा पारिएको छ । भीडभाडमा हुनसक्ने अपराधिक घटनालाई रोक्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई समेत खटाइएको छ ।

मंगलबार विवाहपञ्ची सम्पन्न हुनेछन् । विगतभन्दा यस वर्ष श्रद्धालु वृद्धि भएको छ । जनकपुरधाम भरिभराउ छन् । जनकपुरधामको रंगभूमि मैदान बाह्रविघा, तिरहुतिया गाछी, मठ मन्दिर लगायतको खाली ठाउँमा श्रद्धालुहरु खचाखच भरिएका छन् । घरको प्यासेज, सडक र सडक पेटीमा पनि श्रद्धालुहरु रात बिताउन बाध्य छन् । ठाउँ– ठाउँमा श्रद्धालुलाई सेवाको लागि शिविर चलाइएको छ । यद्यपि श्रद्धालुको चापमा वृद्धि देखिएपछि केही श्रद्धालु सेवाबाट लिन पाएका छैनन् । बास, खानेपानी र शौचालयको उचित व्यवस्थापन हुन सकेको छैन ।

Comment


Related News

Latest News

Trending News