२०७९ मंसिर १३, मंगलवार १०:२२

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदानका क्रममा भएका मतदाताबाट भएको असावधानी भएका मतपत्रको मतगणना हुने बताएका छन् ।

मतदानको क्रममा खस्नु पर्ने मत अन्य मतपेटिकामा खसेको निर्वाचन आयोगमा उजुरी आएपछि प्रमुख निर्वाचन आयुक्त थपलियाले सो कुरा बताएका छन् । उनले सोमबार पत्रकार सम्मेलन गरेर मतदानका क्रममा कतिपय मतदान केन्द्रमा कर्मचारी र मतदाताका कारण प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका मतपत्र तोकिएको मतपेटिकामा नखसि अर्को मतपेटिकामा खसेका गुनासाहरु आएको जानकारी दिएका छन् । उनले मतपेटिकामा रहेका सबै मतपत्रलाई मतगणनामा जनताको अभिमत खेर जान नदिने गरी राजनीतिक दल उम्मेदवार र निर्वाचन प्रतिनिधिको छलफलका आधारमा जुन तहकालागि खसेको मतपत्र छ सोही तहमा गणना गरी आवश्यक प्रबन्ध मिलाइने उनले बताए । मधेश प्रदेशका धनुषा २, सप्तरी लगायत सुनसरी, उदयपुर लगायतका निर्वाचन क्षेत्रहरुमा प्रतिनिधिसभाको मतपत्र प्रदेशसभा र प्रदेश सभाको मतपत्र प्रतिनिधिसभाको मतपेटिकामा भेटेको छ । प्रत्यक्षतर्फको मतपत्र समानुपातिक र समानुपातिक तर्फको मतपत्र प्रत्यक्षको मतपेटिकामा भेटाएपछि भेटाएका मतपत्रहरुलाई बदर गरिएको थियो । तर, निर्वाचनमा पराजित भएकाहरुले सो मतपत्र सदर हुनुपर्ने माग गर्दै निर्वाचन आयोग देखि अदालतसम्म पुगेका थिए ।

धनुषा निर्वाचन क्षेत्र नम्वर २ मा एमाले–जसपा गठबन्धनका उम्मेदवार उमाशंकर अरगरियाले बदर मानिएका मतपत्रहरुको गणना हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा मुद्दा हाल्न काठमाण्डु सम्म पुगेका छन् । त्यस्तै झिनो मतान्तरका कारण सप्तरी निर्वाचन क्षेत्र नम्वर ३ को (ख)वाट प्रदेशसभाका उम्मेदवार विदेश्वर प्रसाद यादव (विक्की)ले विजयी उम्मेदवारलाई जितको शुभकामना दिइ सकेपनि त्यो क्षेत्रमा पनि मतगणना हुन सक्छ । सो मतपत्रलाई गणना गर्दा विजयी उम्मेदवार भन्दा बढी मत पुग्ने अनुमान छ । त्यस्तै निर्वाचन आयोगले उदयपुर–१ मा स्थगित मतगणनालाई निरन्तरता दिन आदेश दिएको छ । मतगणना पूर्व भएको सहमतिका आधारमा मतगणनालाई निरन्तरता दिन हिजो मुख्य निर्वाचन अधिकृत कार्यालयलाई आयोगले निर्देशन दिएको हो । यता, सुनसरी निर्वाचन क्षेत्र नम्वर ४ वाट प्रतिनिधिसभाका उम्मेदवार ज्ञानेन्द्र वहादुर कार्कीले दिएको निवेदनलाई अस्वीकार गर्दै मतगणना अगाडि बढाउन निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ ।

please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=kGs4vGm8xTI

Comment


Related News

Latest News

Trending News