२०७९ मंसिर १४, बुधबार ०६:५३

प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्ष तर्फबाट नेकपा एमालेका नेता रघुवीर महासेठ दम्पत्ती प्रतिनिधित्व गर्ने एकमात्र भएका छन् ।

धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ बाट लगातार दोस्रो पटक प्रतिनिधि सभामा निर्वाचित भएका महासेठले नेपाली कांग्रेसका चिरपरिचित प्रतिद्वन्दी महेन्द्र यादवलाई पराजित गरेका छन् । महासेठले ३२ हजार २ सय ३६ मत प्राप्त गरेका थिए ।उनका प्रतिद्वन्दी यादवले ३२ हजार १ सय १२ मत प्राप्त गरे । १ सय २४ मतको झिनो अन्तरले जित निकालेका महासेठकी पत्नी जुली महतोले भने धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट ९ हजार ७ सय २ मतको फराकिलो अन्तरले जितेकी थिईन् । महतोले ३३ हजार ३ सय ८८ मत प्राप्त गरेकी थिइन् ।उनका प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का नेता अनिल कुमार झाले २३ हजार ६ सय ८६ मत प्राप्त गरेका थिए । नेकपा एमाले विभाजनहुँदा माधवकुमार नेपाल नेतृत्वको नेकपा एसमा २ दिन लागेर पुनःएमालेमा फर्केका महासेठ एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधान एवं परराष्ट्र मन्त्री बनेका थिए ।उनकी पत्नी जुली महतोलाई पनि ओलीले महिला, बालबालिका मन्त्री बनाएका थिए । चुनावको मुखमा प्रभु साह लगायतका कयौं नेताहरुले एमाले छाडे पनि महासेठको नेतृत्वमा मधेश प्रदेशको एमाले प्रतिनिधि र प्रदेश दुबैमा पहिलो दल बनेको छ ।प्रतिनिधि सभामा एमालेले प्रत्यक्षतर्फ ९ र मधेश प्रदेश सभातर्फ १५ सिट जितेको छ ।

हुनत चुनावभरि नै महासेठ दम्पत्ती आ–आफ्नो क्षेत्र भन्दा बाहिर निस्कन सकेनन् । महतो चुनाव लडेकी क्षेत्र नम्बर ३ मा गठबन्धनबाट प्रदेश सभा ‘क’ का उम्मेदवार जनता समाजवादी पार्टी(जसपा)का जितेन्द्र यादव साढे ३ हजार मतले पराजित भएका छन् ।सो क्षेत्रमा नेपाली कांग्रेसका नेता एवं निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव निर्वाचित भएका छन् ।प्रदेश ‘ख’ मा भने एमालेकै युवा नेता दीपेन्द्र ठाकुरले झण्डै डेढ हजारको फराकिलो मतान्तरले निवर्तमान सभासद लोसपाका नेता परमेश्वर साहलाई पराजित गरे । त्यसैगरि क्षेत्र नम्बर ४ को ‘क’बाट नेपाली कांग्रेसका युवा नेता शेषनारायण यादव विजयी भएका छन् ।उनले एमालेका सन्तोष यादवलाई झण्डै डेढ हजारको मतान्तरले पराजित गरे ।तर प्रदेश ‘ख’ मा एमालेकै नेता हरिनारायण महतोले मधेश प्रदेश सरकारमा वन मन्त्री समेत रहेका नेकपा एसका नेता शत्रुधन महतोलाई १ हजार बढी मतले पराजित गरेका हुन् । २०७४सालको आमनिर्वाचनमा महासेठ प्रत्यक्षबाट र महतो समानुपातिकबाट प्रतिनिधि सभा सदस्य बनेका थिए ।२०७० सालको संविधान सभाको चुनावमा महासेठ र महतो दुबै जना हारेका थिए । प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित दम्पत्ती महासेठ मात्र हुने छन् ।

तर पति प्रत्यक्ष र पत्नी समानुपातिकबाट प्रतिनिधि सभामा जानेमा प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आरजु देउवा पनि रहेका छन् ।त्यसैगरी जसपा संघीय परिषदका अध्यक्ष अशोक राई प्रत्यक्षबाट र उनकी पत्नी सुशिला श्रेष्ठ समानुपातिकबाट सांसद हुने भएकी छन् ।

Comment


Related News

Latest News

Trending News