२०७९ मंसिर १४, बुधबार ०७:१९
धनुषा निर्वाचन क्षेत्र नं ४ (२) मा नेकपा (एमाले)का हरिनारायण महतो विजयी भएका छन् ।
नेकपा समाजवादीका शत्रुधन महतोलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा हरिनारायण विजयी भएका छन् । विसं २०६४ देखिका सबै निर्वाचन जित्दै आएका शत्रुधन यसपटक भने पराजित भएका छन् । हरिनारायणले १७ हजार तीन सय दुई मत प्राप्त गर्दा शत्रुधनले १५ हजार नौ सय छ मत प्राप्त गरेका छन् । मतगणनाको सुरुदेखि नै अग्रता बनाएका हरिनारायण एक हजार ३४२ मतान्तरले विजयी भएका छन् ।



