रौतहटमा १ सय ६८ जना उम्मेवारको धरौटी रकम जफत भएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्ष निर्वाचन प्रणाली तर्फ खसेको कुल मतको १० प्रतिशत मत ल्याउन नसकेका प्रतिनिधिसभा सदस्यतर्फको ५८ जना र प्रदेशसभा सदस्यतर्फको १ सय १० जनाको जमानत जफत भएको छ ।
४ प्रतिनिधिसभा सदस्यका लागि ६७ जना र ८ जना प्रदेशसभा सदस्यका लागि १ सय ३५ जना गरी २ सय २ जना उम्मेदवार निर्वाचनमा भाग लिएका थिए जसमा सबैभन्दा बढी संख्या स्वतन्त्र रहेको थियो । जिल्ला निर्वाचन कार्यालय रौतहटका जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले प्रतिनिधिसभामा ५८ र प्रदेशसभामा १ सय १० जना उम्मेदवारले १० प्रतिशत मत ल्याउन नसकेपछि धरौटी जफत भएको बताएका छन् । उनले प्रतिनिधिसभामा ९ र प्रदेशसभामा २५ जना उम्मेदवारले धरौटी बचाउन सफल भएका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल , निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार किरण साह,निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवार प्रभु साह र निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका देव प्रसाद तिमल्सिना निर्वाचित भएको बाहेक ५ जनाले आफ्नो जमानत बचाएका छन् । नेकपा एमालेका अजय कुमार गुप्ता , नेपाली कांग्रेसका डा.फिरदोस आलम , स्वतन्त्र उम्मेदवार ओम प्रकाश जायसवाल , रवीन्द्र पटेल , नेकपा एमालेका उद्धव रेग्मीले जमानत जोगाउन सफल भएको निर्वाचन अधिकारी दासले बताए । प्रतिनिधिसभातर्फ १२ हजार ८ सय ८० र प्रदेशसभाको प्रत्यक्षतर्पm ९ हजार ३ सय ७८ मत बदर भएको छ भने समानुपातिकतर्फको प्रतिनिधिसभामा १७ हजार ७ सय १५ र प्रदेशसभातर्पm १७ हजार ८ सय ५१ मत बदर भएको छ । प्रतिनिधिसभातर्पm ४ दशमलव ५६ प्रतिशत , प्रदेशसभातर्पm ३ दशमलव ३३ प्रतिशत तथा समानुपातिक तर्पmमा प्रतिनिधिसभा ६ दशमलव १९ प्रतिशत र प्रदेशसभातर्पm ६ दशमलव ३४ प्रतिशत मत बदर रहेको छ । मतदाता शिक्षाको कमी कमजोरीका कारण मत बदर भएको अधिकारी दासको भनाइ छ ।
कार्तिक १८ गते देखि ३० गते सम्म मतदाता शिक्षा सञ्चालन गर्नुपर्ने जिम्मेवारी स्थानीय तहलाई रहेको बताउँदै दासले जनशक्तिको अभावले मतदाता शिक्षा प्रभावकारी हुन नसकेको जिकिर गरेका छन् । निर्वाचनमा भाग लिएका राजनितिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारलाई मतगणना सकिएको मितिदेखि ३५ दिन भित्र खर्च विवरण बुझाउन सूचना जारी गरी सकिएको जानकारी गराउँदै तोकिएको समयमा खर्च विवरण बील भरपाईसहित नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले कानून बमोजिम जरिवाना गर्ने समेत बताएका छन् । ४ लाख १५ हजार ४ सय ५५ मतदाता रहेको रौतहटमा प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्पmमा २ लाख ८२ हजार ४३० मत ६७ दशमलव ९८ प्रतिशत खसेको थियो । प्रदेशसभामा २ लाख ८१ हजार ७६९ मत ६७ दशमलव ८२ प्रतिशत खसेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।



