२०७९ मंसिर १५, बिहीबार ११:१९

सिरहाको बरियापट्टी गाँउपालिकामा सालनालसहित वेवारिसे नवजात शिशु फेला परेको छ । बरियापट्टी गाँउपालिका ३ बजारदेखि देखी ७०० मिटर पश्चिम र दक्षिणमा कपडामा पोको पारी राखिएको अवस्थामा नवजात शिशु भेटिएको हो ।

स्थानीय अधिकलाल यादव खेत गएको वेला बच्चा रोएको आवाज सुनेपछि उनले गाउँले र प्रहरीलाई खबर गरेका थिए । खबर पाउनसाथ इलाका प्रहरी कार्यालय बरियापट्टीबाट पुगेको टोलिले नवजात शिशुलाई उद्धार गरी स्वास्थ्य चौकी बरियारपट्टी पुर्याएका छन्।

अवैध सम्बन्धका कारण बच्चा जन्मिएका कारण फालेको हुनसक्ने स्थानीयको अनुमान छ। शिशु जिल्ला अस्पताल सिरहा पठाउने तयारी भई रहेको बताइएको छ।

Comment


Related News

Latest News

Trending News