२०७९ मंसिर १६, शुक्रबार ०६:०९

प्रहरीले हत्या आरोपमा बारामा एक जनालाई पक्राउ गरेको छ ।

कोल्हवी नगरपालिका–११ का ४३ वर्षीय परीक्षण चौधरीको हत्या गरी खाल्डोमा गाडेको आरोपमा प्रहरीले १८ वर्षभन्दा कम उमेरको भएको एकजनालाई पक्राउ गरेको छ । बिहीबार बिहान चौधरीको शव गोठघर पछाडि खाल्डोमा पुरिएको अवस्थामा फेला परेको थियो । घटनास्थलमा फेला परेको चप्पलको आधारमा ती युवकलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए। प्रहरीका अनुसार बुधबार राति गाउँकै रामपुकार चौधरीको नास्ता पसलमा रक्सी सेवन गरी घर जाने क्रममा परीक्षणले युवकसंग अप्राकृतिक मैथुन गर्न खोजेका थिए । सो क्रममा युवकले दाउराले प्रहार गरी चौधरीको हत्या गरी खाल्टो खनी गाडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थापाले बताए । यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=YYs7Cp2tghc&t=1s

Comment

Related News

Latest News

Trending News