२०७९ मंसिर १६, शुक्रबार ०६:१५
सर्लाहीको हजरियास्थित कल्पवृक्ष आवासिय विद्यालयमा ७ औँ जिल्ला स्तरीय प्याब्सन हाजिरी जवाफ रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
प्याब्सन सर्लाहीको आयोजनामा वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर बोम्जनको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष गोपाल कार्कीको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा लालिगुराँस आवासिय विद्यालय ईश्वरपुर पहिलो, शियोर सक्सेस आवासिय विद्यालय गोडैता दोस्रो र लर्डब्राईड आवासिय विद्यालय नवलपुर तेस्रो भएका छन् । पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयलाई शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिएको आयोजक प्याब्सन सर्लाहीले जनाएको छ ।


