२०७९ मंसिर १६, शुक्रबार ०६:५९

गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रसाशकीय अधिकृत , लेखपाल , इंजिनियर र उपभोक्ता समितिका अध्यक्षले मिलेमतो गरी काम नै नभएको योजनाको भुक्तानी गरेको रहस्य खुलेको छ ।

स्थानीय वड़ा नम्बर ६ पोथियाहीमा १५ सय मीटर ग्रेभल गर्ने योजनाको रकम निमित्त प्रमुख प्रसाशकीय अधिकृत राम बाबु यादव , इंजिनियर संजय यादव , लेखपाल कुमार ठाकुर र उपभोक्ता समितिका अध्यक्षले ३८ लाख रुपैया बिना कार्य सम्पन्न भएको अवस्थामा निकासा गरी अनियमितता गरेको भनी परेको उजुरीको आधारमा जिल्ला प्रसाशन कार्यालय रौतहटबाट प्रशासकीय अधिकृत मनीष झाको नेतृत्वमा गएको अनुगमन टोलीले योजनाको फाइल नियन्त्रणमा लिएपछि सो रहस्य बहिरिएको छ । बिना कमिशनको भुक्तानी नगर्ने निमित्त प्रमुख प्रसाशकीय अधिकृत यादवको कारण नगरपालिकामा भ्रस्टाचार उच्च स्थानमा पुगेको छ । दरोगा रायको घरदेखि राम प्रवेश साहको घरसम्म , राम प्रवेश साहको घरदेखि ललित साहको खेतसम्म , ललित साहको घरदेखि चलित्तर साहको घरसम्म , हरिन्द्र चौधरीको घरदेखि राम जानकी मठसम्म र रामजानकी मठदेखि पानी टयांकीसम्मको १५ सय सड़क ग्राभेल गर्ने योजना स्वीकृत भएकोमा सो टुक्रे योजनामा लगत स्टीमेट अनुसार काम नभएको पाइएको प्रसाशकीय अधिकृत झाले बताएका छन । इस्टीमेट अर्को र काम फरक देखिएको , करिव १२ सय मीटरमा काम नै नभएको अवस्थामा देखिएको झाले बताए ।

कानून विपरीत काम नभएको योजनाको एक मुष्ठ ३८ लाख कार्य सम्पन्न प्रतिवेदन तयार पारी भुक्तानी दिइएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीको आदेशमा गएको प्राविधिक सहितको अनुगमन टोलीले योजनाको महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको जिल्ला प्रसाशन कार्यालय रौतहटले जनाएको छ । स्वास्थ्य सेवाबाट राजनीतिक शक्तिको आडमा प्रमुख प्रसाशकीय अधिकृतको जिम्मेवारी पाएका यादवले खुलेयाम नगरपालिकामा लुट मचाएको गुनासो स्थानीयहरुको रहेको छ । करार सेवामा रहेका इंजीनियर संजय यादवले प्रतिवेदन तयार गरेपछि सो योजनाको रकम भुक्तानी भएको छ । लेखा अधिकृत ठाकुर र सहायक लेखपाल राम विनोद साह सेवाग्राहीहरुसंग ४० प्रतिशतसम्म कमीशन माग्ने गरेको बुझिएको छ ।

कमीशन दिएपछि नभएको कामको पनि भुक्तानी गर्ने निमित्त प्रमुख प्रसाशकीय अधिकृत यादव कमीशन नदिए भएको कामको पनि भुक्तानी नगर्ने गरेको स्थानीयहरुको आरोप रहेको छ ।

Comment


Related News

Latest News

Trending News