२०७९ मंसिर १६, शुक्रबार ०७:०५

सिरहाको बरियारपट्टी गाँउपालिका वडा नम्बर ३ स्थित बिहीबार विहान सालनाल लागेकै अवस्थामा नवजात शिशु फेला परेको छ । बरियारपट्टी बजार भन्दा ३०० मिटर पश्चिम र दक्षिणमा सालनालसहित छोरा शिशु भेटिएको छ ।

स्थानीय अधिकलाल यादबले खेत गएको बेला बच्चा रोएको आवाज सुनेपछि कपडामा राखिएको अवस्थामा उक्त बच्चा भेटिएको हो । बच्चा भेटिएपछि स्थानीयले ईलाका प्रहरी कार्यालय बरियापट्टीमा खबर गरेपछि प्रहरी टोली घटना स्थलमा पुगि उक्त नवजात शिशुलाई स्वास्थ्य चौकी बरियारपट्टीमा राखिएको छ । शिशु छोरा रहेको २.८ किलोका रहेको छ र स्वास्थ्य अवस्था राम्रो रहेको ईलाका प्रहरी कार्यालय बरियापट्टीले जनाएको छ । उक्त शिशुलाई जिल्ला अस्पताल सिरहामा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार उक्त बच्चा अवैध सम्बन्धबाट भएकोले लोकलाजका कारण फालिएको बताए ।

Comment


Related News

Latest News

Trending News