सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । गौर नगरपालिका वड़ा नम्बर ५ बरहवा पल नजिक चेकजाच गर्ने क्रममा मोटरसाइकलमा भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा ११ लाख ३९ हजार ८ सय रुपैया बरामद भएको ससश्त्र प्रहरी बल नेपाल ११ नम्बर गणले जनाएको छ ।
सशस्त्र प्रहरी निरीक्षक शंकर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले भारतबाट आउँदै गरेको प्रदेश ३–०२–१३प ४९५३ नम्बरको मोटरसाइकल रोकेर चेकजाच गर्दा उक्त रकम फेला परेको हो । बरामद भएको रकममा १००० हजारको ९७५ थान , ५०० सयको ३२६ थान १०० को ६ थान र ५० को नोट २४ वटा रहेको छ । रकमसहित पक्राउ परेका स्थानीय गढ़ीमाई नगरपालिका वड़ा नम्बर ४ संग्रामपुरका २ ९ वर्षीय राजु कुमार यादव र वडा नम्बर ९ बरियारपुरका ३३ वर्षीय राजेश प्रसाद यादवलाई कारबाहीका लागि जिल्ला भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी उपरीक्षक ध्रुब कार्कीले जानकारी दिएका छन


