अपडेट 
२०७९ मंसिर १६, शुक्रबार ०७:२०

जनमत पार्टीका अध्यक्ष सिके राउतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गर्नुभएको छ ।

राउतले हिजो बेलुका प्रचण्ड र खाणसँग छुट्टाछुट्टै भेट गर्नुभएको हो । त्यसअघि उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेसका नेताहरुसँग भेटेर सत्ता गठबन्धनमा सहभागी हुने आशय व्यक्त गर्नुभएको थियो। प्रचण्डलाई भेट्न राउत उहाँकै निवास ललितपुरको खुमलटार पुग्नुभएको थियो ।खाणसँग पुल्चोकमा रहेको सरकारी निवासमा भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । प्रतिनिधि सभा सदस्यमा डा. राउतले सप्तरी क्षेत्र नं २ बाट ३५ हजार ४२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

Comment


Related News

Latest News

Trending News