नेकपा एमालेका नेता रघुवीर महासेठले सरकार बनेको तीन महिनाभित्र जन्मसिद्ध नागरिकताको निर्णय नभए देशव्यापी आन्दोलन गर्ने बताएका छन ।
शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत आब बन्ने सरकारले तीन महिनाभित्र नागरिकताको समस्या समाधान नगरे एमालेको नेतृत्वमा मधेससति देशभर आन्दोल गर्ने बताएका छन । नागरिकताको समस्याले लाखौं बालबालिकाको शिक्षा र रोजगारीमा समस्या भईरहेकोले नागरिकताको समस्या समाधान नहुनजेलसम्म आन्दोलन जारी राख्ने बताए ।
त्यस्तै, उनले विगतमा एमालेको सरकारले मधेसमा चौध सय विकासका योजनहरु ल्याउन लागोकोमा, कोरोना कहर र सरकार ढलेपछि आएको नयाँ सरकारले सम्पूर्ण योजनाहरु रोक दिएको आरोप लगाए । उनले कांग्रेसको गठबन्धन सरकारले मधेस बिरोधी कृयाकलाप गरेको आरोप लगाए ।
हालै सम्पन्न निर्वाचनमा धनुषा क्षेत्र नम्बर ४ बाट महासेठ निर्वाचित भएका हुन । उनले आफूलाई भोट दिएर जिताउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।
https://www.youtube.com/watch?v=YYs7Cp2tghc


