धनुषामा सक्रिय रहेको मोटरसाइकल चोरी गर्ने ग्याङ्ग प्रहरीको फन्दामा परेको छ ।
जनकपुरधामसहित जिल्लाको विभिन्न स्थानबाट चोरी गरेको मोटरसाइकलसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले चोरी भएको ५ वटा मोटरसाइकलसहित ७ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक दीपक रायले जानकारी दिए ।
प्रहरीले धनुषाको मिथिलाबिहारी नगरपालिका ६ वस्ने ३० वर्षीय मनोहर कुमार यादव, जनकपुरधाम उपमहानगरपालिका १४ बस्ने २१ वर्षीय रूपेश यादव, वडा नं. १६ बस्ने १९ वर्षीय गुलशन नदाफ, वडा नं. १५ बस्ने २२ वर्षीय भरत साह, महोत्तरीको बलवा नगरपालिका ५ बस्ने बिक्की कुमार यादव, वडा नं. ४ बस्ने २६ वर्षीय विवेक कुमार झा र सिरहाको कल्यानपुर नगरपालिका ५ घर भई हाल जनकपुरधाम बस्ने १९ वर्षीय नितेश यादवलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका सबैजनामाथि चोरी सम्बन्धी मुद्दा शिर्षकमा म्याद थप गरि थप अनुसन्धान कार्य अगाडि बढाईएको छ ।
वारदात मिति र स्थानहरू
1.) मिति २०७९/०८/०५ गते अं. राति २३;०० बजेको समयमा जिल्ला धनुषा मिथिला बिहारी न.पा. वडा नं. ६ स्थितबाट घर अगाडी पार्किङ गरि राखिएको प्रदेश २-०२-००३ प. ०९६५ नं. को सुपर स्पलेण्डर मो.सा. चोरी भएको ।
2.) मिति २०७९/०८/११ गते राति अं. २१३० बजेको समयमा जिल्ला धनुषा ज.उ.म.न.पा. वडा नं. १९ बेङगासिवपुर स्थित रहेको महराजा पार्टी प्यालेशको कम्पाउण्ड भित्रबाट बा. ९४ प. ५७९४ नं. को १५० सि.सि. को पल्सर मो.सा. चोरी भएको ।
3.) मिति २०७९/०८/१४ गते अं. दिउँसो १४;०० बजेको समयमा जिल्ला धनुषा जनकपुर उ.म.न.पा. वडा नं. ४ स्थित जिल्ला प्रशासन कार्यालय धनुषा अगाडी पार्किङ गरि राखेको अवस्थामा ज.९प. ४८७८ नं. को टि.भी. यस. अपाचे मो. सा. चोरी भएको ।
4.) मिति २०७९/०८/१५ गते राति अं. १०;३० बजेको समयमा जिल्ला धनुषा ज.उ.म.न.पा. वडा नं. १ पुलचोक स्थित घर अगाडी पार्किङ गरि राखेको अवस्थामा प्रदेश २-०२-२ प. ९३९४ नं. को १५० सि.सि. को पल्सर मो. सा. चोरी भएको
5.) मिति २०७९/०८/१४ गते राति २०;०० बजेको समयमा जिल्ला धनुषा ज.उ.म.न.पा. वडा नं. ७ स्थित अन्पुर्णा होटल अगाडी पार्किङ गरि राखेको अवस्था ९७२० नं. को FZ मो.सा. चोरी भएको ।
please subscribe our official youtube channel below and support us.



