नेकपा एमालेका सचिव तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ४ का नवनिर्वाचित प्रतिनिधिसभा सांसद रघुवीर महासेठले बोलि फेरेका छन् । नागरिकताको सम्बन्धमा उनले दिएको अभिव्यक्ति फेरका छन् ।
जनकपुरधामको तिरहुतिया गाछीमा एमालेको चुनावीसभालाई सम्बोधन गर्दै ‘एक हातमा सिन्दुर, एक हातमा नागरिकता सम्भव रहेको जनसमुदाय’ जस्ता अभिव्यक्ति दिएका थिए । तर,सोमबार उनले जनकपुरधाममा उनले पत्रकार सम्मेलन गरी जन्मसिद्ध नागरिकतले नागरिकता पाउनु पर्ने बताएका छन् । तीन महिनाभित्र जन्मसिद्धको आधारमा नागरिकता वितरण सुरु नभए आन्दोलन गर्ने उनले जिकिर गरेका छन् । ‘ निर्वाचन को बेला मेरो बारेमा विभिन्न भ्रमहरु फैलाइयो । तर जनताले भम्र फैलाउनलाई पत्याएनन,’उनले भने,‘तीन महिनाभित्र जन्मसिद्धको आधारमा नागरिकता दिन सुरु भएन भने नेकपा एमाले देशभरि आन्दोलन गर्छ ।’ एमाले अध्यक्ष केपी ओलीले पनि नागरिकता विधेयक ल्याउँदा भम्र फैलाउनेहरुले असयोग गरेको उनको भनाइ छ । धनुषा ४ मा प्रशसन र निर्वाचन अधिकृतको मिलेमतोमा बुथ कब्जा गर्ने प्रयास गरेको उनको आरोप छ । प्रत्येक बुथमा एउटै समुदायको नातागोताको मान्छे राखिएको र षड्यन्त्रको पूर्व तयारी गरिएको उनको बुझाई छ । तर जनताको अगाडि उनीहरु नसकेको उनले बताए । ‘बाजुरामा पनि प्रशासन र निर्वाचन अधिकृतको सेटिङमा धाँधली भएको छ,’उनले भने,‘०७४ मा अरु मतपेटिकामा खसेको सदर मतलाई गणना गर्ने तर अहिले गर्न नमिल्ने ?,’उनले भने, ‘नेकपा एमालेले यस्तो घोषणा सच्याउन माग गर्दा गर्दै विवाद देखिएको ठाउँमा पुनः मत गणनाको माग गरेको छ ।’ समानुपातिकको निर्णय भइसकेपछि गठबन्धनका दलहरुबीच छलफल संघ र प्रदेश सरकार बारे छलफल अगाडि बढाउने उनले बताए ।
मधेश प्रदेशसमा नेकपा एमाले ठूलो दल बनेको छ । तर प्रदेससभामा दलको नेताको विषयमा औपचारिक छलफल सुरु भएको छैन् । एमालेले मधेश प्रदेशमा प्रतिनिधिसभामा ९ र प्रदेशसभामा १५ वटा सिट जितेको छ । बाम एकताको सम्भावना नरहेको उनले स्पष्ट गरे । नेकपा एकीकृत समाजवादीका अध्यक्ष मधव नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालप्रति संकेत गर्दै स्वघोषित कम्युनिष्टहरुले शेर बहादुर देउवालाई नेता मानेपछि त्यो अवस्था नरहेको उनले बताए । तर गल्ती सच्याएर आए सोच्न सकिने उनको तर्क छ ।
Please subscribe our official youtube channel below and support us.
https://www.youtube.com/watch?v=CYDNeQF_pZo



