२०७९ मंसिर १७, शनिबार ०७:१६

धनुषाको मिथिला विहारी नगरपालिका ४ कजरा रमौलका ५३ वर्षीय प्रभु यादवको हत्या भएको छ ।

विहीबार राति दुई पक्षीय विवाद भएपछि उनको हत्या भएको छ । स्थानीय सुरज यादव लगायत उनको परिवारले धरिलो हतियार प्रहार गरी बुवाको हत्या गरिदिएको मृतकको कान्छो छोरा अशोक कुमार यादवले बताए । उनका अनुसार विहीबार राति दुई महिना अगाडि पञ्चायतको विषय जोडेर विवाद भएको थियो । सोही विवादमा प्रभुको श्रीमती महजनी देवी यादव, जेठो छोरा जगन्नाथ यादव, माइलो संतोष यादव र कान्छो अशोक घाइते भएका छन् । महाजनीको हात भाचिएको छ । सन्तोषको दुई वटा औला काटिएको छ । टाउकोमा १९ वटा टाका लागेको छ भने कान्छो र जेठो सामान्य घाइते भएका छन् । अहिले प्रभुको शव पोस्ट मार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ । उनको कान्छो छोरा अशोकका अनुसार दुई महिना पहिले सुरजको बाख्राले प्रभुको लौका (सजमन)को बोट खाएको थियो । सोही विषयमा गाली गलौज गर्दा विवाद भएको थियो । विवाद समाधान गर्न गाउँमै छिमेकीहरुको उपस्थितिमा पञ्चायत राखिएको थियो । पञ्चायतले सुरजलाई माफी मागेर विवाद समाधान गर्न सुझाएको थियो । त्यही रिसमा दुई महिना पछि विहीबार राति पनि दुबै पक्षबीच विवाद भएको थियो । विवाद उग्र रुप लिएपछि भीडमा धरिलो हतियार प्रहारबाट घटनास्थलमै प्रभुको मृत्यु भएको थियो ।

तर,धनुषाका प्रहरी नायव उपरीक्षक दीपक रायले जग्गाको विषयमा दुई पक्षबीच विवाद भएको बताए । उनका अनुसार एक पक्षको हतियार प्रहारबाट प्रभु घाइते भएका थिए । उपचारको लागि ल्याउने क्रममा प्रभुको मृत्यु भएको थियो । घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ पनि गरिएको छ । स्थानीय ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादवलाई पक्राउ गरिएको छ । उनीहरुलाई जिल्ला अदालत धनुषाबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान सुरु गरेको उनले बताए । उनीहरुमाथि कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाइएको छ । घटनामा संलग्न अन्य फरार रहेको उनले बताए । तर अनुसन्धान जारी रहेको हुनाले छिटै पक्राउ गरिने उनले बताए । पक्राउ परेका दुबै जना मुख्य आरेपित सुरजका छिमेकी रहेको बताइएको छ । मृतक यादवको छोरा अशोकले सुरज यादवको परिवारले हत्या गरेको आरोप लगाएका छन् ।

समूहमा आएर ब्रह्मदेव यादव, शिव यादव, संजीव यादव रोहन यादव लगायतको व्यक्तिले कुटपीट गरेको उनको भनाइ छ ।

Please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=CYDNeQF_pZo

Comment


Related News

Latest News

Trending News