२०७९ मंसिर १७, शनिबार ०७:२०

रौतहटमा पछिल्लो समय आगजनीको घटनामा वृद्धि भएको छ ।

एकसाता अघि गौरमा एकजनाको घरमा आगलागी हुँदा तीन बालबालिकाको जलेर मृत्यु भएको र दुई दिन अघि फतुवा विजयपुर नगरपालिकाको शीतलपुरमा एकजनाको धानको भारीमा आगजनी भएको घटना सेलाउन नपाउँदै बिहीवार राति फेरि दुर्गा भगवती गाउँपालिकामा आगजनी भएको छ । दुर्गा भगवती गाउँपालिका वडा नं.४ छतौनाका हरिराय यादवको गोठमा बिहीवार राति भीषण आगजनी भएको छ । आगजनीमा परेर गोठमा बाँधिएको ३ वटा भैंसी र ५ वटा बाख्राको जलेर ज्यान गएको छ । वस्तुभाउ बाँध्ने गोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट मध्यरातमा सल्किएर भएको आगलागीबाट गोठ पूर्णरुपमा जलेर नष्ट भएको र ८ वटा पशुचौपायाकोसमेत जलेर ज्यान गएका कारण करिब ८ लाखभन्दा बढीको क्षति भएको पीडित परिवारको भनाइ छ । घरका सबै सदस्य सुतेको अवस्थामा मध्यरातमा भएको आगलागी बारे कसैले थाहा नपाउँदा लाखौंको सम्पत्ति जलेर खरानी भएको पीडित यादवले बताए । लामखुट्टे धपाउन बाल्ने गरिएको घुरबाट सल्केर प्रत्येक वर्ष रौतहटमा आगलागी हुने गरेको र त्यसबाट ठूलो धनजनको समेत क्षति हुँदै आएको छ ।

Comment


Related News

Latest News

Trending News