२०७९ मंसिर १७, शनिबार ०८:११

सत्तागठबन्धनले राष्ट्रपति देखि प्रदेशका मन्त्री सम्मको पद बाँडफाँट प्याकेजमा गर्ने तयारी थालेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिणाम घोषणा सकिन लग्दै गर्दा राजनीतिक वृतमा मुलुकको भावी कार्यकारी प्रमुख र राष्ट्राध्यक्षसहित मुख्य पदाधिकारी को को हुने प्याकेजमा पद बाँडफाँटको कार्यलाई तीव्रता दिन थालिएको छ । निर्वाचन परिणामले अहिलेको सत्ता गठबन्धनलाई झिनो बहुमतको सुविधा दिने संभावना नजिक हुँदै गएकाले प्रधानमन्त्री शेरवहादुर देउवा र पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र पुष्पकमल दाहाल नै राजकीय पदहरुको बाँडफाँटमा मुख्य भूमिका निर्वाह गर्ने स्थिति देखा परेको छ । यस क्रममा कांग्रेस सभापति देउवा, दाहाल र नेपालले आ–आफ्नो नजिककाहरुलाई सवै राजकीय पदको बाँडफाँट प्याकेजमा गर्न आवश्यक तयारीकालागि गृहकार्य गर्ने जिम्मेदवारी दिएको बुझिएको छ । कांग्रेसका उपसभापति पूर्णवहादुर खड्का, पूर्व अर्थमन्त्री जनार्दन शर्मा र नेकपा समाजवादीका तर्फवाट पूर्व मन्त्री शेरवहादुर कुँवरले प्रारम्भिक गृहकार्यको जिम्मेवारी पाएको बताइएको छ तर, औपचारिक रुपमा यस बारे कुनै पनि दलले केही बताएका छैनन् ।

प्रधनमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख सात मुख्यमन्त्रीहरु, राष्ट्रियसभाका उपाध्यक्ष, मुख्य–मुख्य मन्त्री पद, प्रदेश प्रमुख, प्रदेशका सभामुख र उपसभामुख तथा मुख्य–मुख्य मन्त्री पदहरु, समेत एउटै प्याकेजमा राखेर गठबन्धनका दलहरु र थपिन सक्ने दलहरुको बीचमा भागबण्डा गर्न सकिने संभावना बारे गृहकार्य गर्न ती नेताहरुलाई जिम्मेवारी दिइएको छ ।

प्रदेश १, मधेश र लुम्बिनीमा समेत गठबन्धनकै सरकार बनाउन सक्ने उपायको खोजी पनि सोही समूहले गर्ने गरी गृहकार्य अगाडि बढाइएको बताइएको छ । आगामी सरकार जसरी पनि वर्तमान गठबन्धनकै बनाउने सुनिश्चितताकालागि गठबन्धनमा थप दलहरु थप्ने योजना अन्तर्गत नै पहिलो प्राथमिकतामा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई राखिएको र ती दलसंग संवाद सुरु भई सकेको जानकारी दिइएको छ । नागरिक उन्मुक्ति संग स्वतन्त्र एक सहित ४ जना संघीय सांसद र सुदूर पश्चिम प्रदेश तथा लुम्बिनी प्रदेशमा सरकार बनाउन सहयोगी हुने संख्या रहेको र जनमत पार्टीसंग मधेश प्रदेशमा निर्णायक स्थिति रहेकाले सत्ता गठबन्धनले ती पार्टीलाई साथमा लिने गृहकार्य गरिरहेको छ । संविधानको रक्षा मूल नारा भएको सत्ता गठबन्धनले सैद्धान्तिक रुपमा राप्रपा, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीलाई भन्दा जनता समाजवादी पार्टीलाई प्राथमिकतामा राख्ने र उपेन्द्र यादवको पराजयपछि अशोक राई सो पार्टीको नेता हुने स्थितिलाई गठबन्धनले आपूm अनुकुल हुने विश्वास राखेको छ ।

प्रधानमन्त्री देउवाले उपसभापति खडकालाई यस राजनीतिक रणनीतिकोलागि अर्का नेता रामचन्द्र पौडेल संग पनि समन्वय गर्न भनेको र पौडेललाई पनि यस प्रक्रियाको कोर टिममा उपयोग गर्ने रणनीति लिएको अपनाइएको छ । वर्तमान सत्ता गठबन्धनको सैद्धान्तिक सुत्रधार पौडेलनै भएकाले उनलाई महत्वका साथ प्राथमिकतामा राख्न पुष्पकमल दहालले देउवालाई सजग गराएको सुत्रले जनाएको छ ।

Please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=CYDNeQF_pZo

Comment


Related News

Latest News

Trending News