२०७९ मंसिर १७, शनिबार ०९:४८

धनुषामा विंगर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन् । नौ  जना घाइते भएका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका गमहरियाबाट इटहरी जन्ती गएर फर्किँदै गरेको विंगर आज बिहान साढे ४ बजे धनुषाको बिरेन्द्र बजारमा दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु भएकाहरुमा धनुषाको मुखियापट्टी मुसहरिनिया तुल्सियाहीकी ३५ वर्षीया रुवी साह, महोत्तरी पिपरा गाउँपालिका २ का ११ वर्षीय एस कुमार साह, रामगोपालपुर नगरपालिका ७ ससौलाकी १३ वर्षीया सृजना साह, १८ वर्षीया मञ्जु साह र गाडी चालक धनुषाको धनौजी गाउँपालिका ४ का २५ वर्षका अब्दुल मन्सुर छन् । सृजना र मञ्जु दिदी बहिनी हुन् भने रुवी र एस फूपू भतिज रहेको परिवारजनाले जनाएको छ ।

घटना सम्बन्धि विस्तृत विवरण आउन बाँकी छ ।

Please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=WcqCEvDVf8Q

Comment


Related News

Latest News

Trending News