२०७९ मंसिर १७, शनिबार १३:०२

मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष शिवहरि भट्टराईको निधन भएको छ ।

नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभामा सहभागी हुन शुक्रबार साँझ सर्लाही पुगेका उनी शनिबार बिहान होटलको कोठामा मृत अवस्थामा भेटिएका हुन् ।

लालबन्दी नगरपालिका–१३ पत्थरकोटास्थित होलिडे रिसोर्टमा बसेका ६७ वर्षीय भट्टराई शनिबार मृत फेला परेको प्रहरीले जनाएको छ ।

भट्टराई नेपाल पत्रकार महासंघ सप्तरी शाखा संस्थापक सभापति र नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय उपसभापति समेत थिए । घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

भट्टराईको निधनप्रति मधेस प्रदेश सरकारले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

Comment


Related News

Latest News

Trending News