अपडेट 
२०७९ मंसिर १८, आईतवार ०८:०१

३१ औ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा शनिबार मटिहानी नगरपालिकाले एक कार्यक्रम आयोजना गरी अपाङ्गलाई शैक्षिक सामग्रीसहितको झोला वितरण गरेको छ ।

मटिहानी नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा विभिन्न विद्यालयमा अध्ययनरत प्राथमिक तहका ४५ जना अपाङ्ग छात्र–छात्राहरुलाई झोला र स्टेशनरी सामग्री मटिहानी नगरपालिकाका नगर प्रमुख (मेयर) हरि प्रसाद मंडलले वितरण गरेका छन् । कार्यक्रममा उप–प्रमुख मन्जु देवी साह, शिक्षा शाखा प्रमुख चन्देश्वर साह, स्वास्थ्य शाखा प्रमुख पवन मण्डल, महिला बालबालिका तथ ज्येष्ठ नागरिक शाखा प्रमुख दीपा दास लगायतका वक्ताहरुले अपांग दिवस बारे प्रकाश पारेका थिए । यस अघि जनचेतनामूलक रैलीसमेत निकालिएको थियो ।

Comment


Related News

Latest News

Trending News