२०७९ मंसिर १८, आईतवार ०८:०६

रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ३ बाट प्रहरीले ठूलो परिणाममा लागूऔषध गाँजा बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्लाको प्रहरी कार्यालय गौरबाट खटिएको टोलीले गौर नगरपालिका वडा नम्बर ३ मा रहेको फलक पोल्ट्री फार्ममा जमीन मुनि गाडेर राखेको अवस्थामा ७ वटा पोकामा करिब २ सय ४० किलो लागूऔषध गाँजा बरामद गरेको छ । नेपालबाट भारतमा लगेर चर्को मूल्यमा बिक्री गर्ने उद्देश्यले लुकाएर राखिएको उक्त परिणाम बराबरको करिब ४० लाख मूल्यको गाँजा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गाँजा ओसार पोसार कार्यमा प्रयोग भएको ट्रकसहित चालक पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बागमती प्रदेश ०१–००६ ख २८३० नम्बरको ट्रकको चालक मकवानपुर ३ का सुरेन्द्र सांगतांग रहेका छन् । सांगतांगले २० लाखमा खरिद गरी ल्याएको बताएका छन । गौर नगरपालिका ३ का फार्म संचालक अफरोज आलमले आफ्नो फार्म भाडामा भारतीय नागरिक जमशैद आलमलाई दिएका छन ।

धादिंगबाट खरिद गरी गौरमा लुकाएर राखिएको अवस्थामा बरामद भएको ७ पोकासहितको गाँजा,ट्रक र चालक कारबाहीका लागि प्रहरी हिरासतमा राखी अनुसन्धान कार्य अगाडि बढ़ाइएको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News