२०७९ मंसिर १९, सोमबार ०७:४४
रौतहटको गौरमा जमिनमुनि लुकाएर राखेको अवस्थामा ठूलो परिणामा गाँजा बरामद भएको छ ।
एक सय ८० किलो गाँजासहित प्रहरीले ट्रक र चालकलाई समेत नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट शनिबार खटिएको प्रहरी टोलीले गौर ३ स्थित कुखुरा फर्ममा छापा मारेर सो गाँजा बरामद गरिएको एसपी वीरबहादुर ठाडा मगरले बताए । गाँजा ढुवानी गरेको आरोपमा प्रदेश ०१–००६–ख २८३० नम्बरको ट्रक र मकवानपुर आरा ३ का २१ वर्षीय चालक सुरेन्द्र स्याङतान सहितलाई नियन्त्रणमा लिइएको छ । कुखुरा फर्म सञ्चालक भारतीय नागरिक फिरोज मिया भने हालसम्म फरार रहेको र उनको खोजी भइरहेको छ ।


