२०७९ मंसिर १९, सोमबार १२:०१

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज सुनको मूल्य चार सय रुपैयाँ बढेको छ।

जसअनुसार छापावाल सुनको मूल्य सुनको मूल्य आज प्रतितोला ९९ हजार नौ सय रुपैयाँ पुगेको छ। आइतबार प्रतितोला ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन प्रतितोला ९९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार प्रतितोला ९९ हजार रुपैयाँ थियो।

चाँदी प्रतितोला १५ रुपैयाँले बढेर एक हजार तीन सय ८५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।

Comment

Related News

Latest News

Trending News