२०७९ मंसिर १९, सोमबार १०:३१

प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १६५ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगका अनुसार सत्तारुढ नेपाली कांग्रेस ५७ क्षेत्रमा जित निकाल्दै सबैभन्दा ठूलो दल बनेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ४४ सिटसहित दोस्रो स्थानमा रहेको छ।

पछिल्लो परिणामअनुसार एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा सत्ता गठबन्धनको साथ पाएका गंगा कार्की विजयी भएसँगै नेकपा माओवादीको सिट १८ पुगेको छ।

समानुपातिकतर्फ थ्रेस होल्ड कटाउन नसकेको एकीकृत समाजवादी प्रत्यक्षमा १० सिट जितेर चौथो स्थानमा रहेको छ। समानुपातिकमा ३ लाख मत कटाएका राप्रपा, नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले भने प्रत्यक्षमा समान ७-७ सिट जितेका छन् ।

अन्य दलहरू लोसपाले चार सिट, नागरिक उन्मिुक्ती पार्टी तीन सिट, राष्ट्रिय जनमोर्चा, नेमकिपा, जनमत पार्टीले समान एक/एक सिट जितेका छन् । देशभर स्वतन्त्र रुपमा उठेका उम्मेदवारमध्ये पाँच जनाले विजयी हासिल गरेका छन् ।

Please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News