२०७९ मंसिर २०, मंगलवार ०७:४१
सप्तरीबाट दिदीपछि बहिनी सांसद बन्ने भएकी छन् ।
माओवादी केन्द्र भन्दा गत निर्वाचनमा समानुपातिकबाट सांसद बनेकी रुवी कर्णको बहिनी माला कर्णलाई समानुपातिकवाट नाम सिफारिस गरिएको छ र महिला कलस्टरबाट सांसद बन्ने पक्का भएकी छन् । २०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट समानुपातिकमा परेकी रुवी मधेश प्रदेश सरकारका गृह तथा सञ्चार राज्यमन्त्री छन् । उनी यस पटक भने समानुपातिकमा परेनन् । करिब एक दशकदेखि सप्तरीको राजविराजवाट सक्रिय पत्रकारिता पेशामा लागेकी माला सांसद बन्ने भएकी छन् । पत्रकारिता पेशामा आवद्ध भए पनि माला पार्टीमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन् ।
please subscribe our official youtube channel below and support us.
https://www.youtube.com/watch?v=YYs7Cp2tghc



