२०७९ मंसिर २०, मंगलवार ०७:४४

वीरगञ्ज पथलैया सड्क खण्डको जितपुरमा शवसहित स्थानीयले सोमबार प्रदर्शन गरेका छन् ।

ठक्कर दिने गाडी पक्राउ गर्नुपर्ने माग गर्दै स्थानीयले प्रदर्शन गरेको पूर्व वडा अध्यक्ष मोहित चौधरीले जानकारी दिए । गत मंसिर १५ गते दुर्घटनामा परेर घाइते भएका बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नं.५ का ३५ वर्षीय विजयी माझीको गत मंसिर १५ गते उपचारका क्रममा मृत्यु भएपछि आफन्तले जितपुरसिमराको सडक अवरोध गर्दै प्रदर्शन गरेका छन् । न्यूरो अस्पताल वीरगञ्जमा मंसिर १५ गते साझ करिब ५ बजेतिर उनको मृत्यु भएको थियो । पथलैया निजगढ सडक खण्डमा दाउरा लिएर आउने क्रममा हालसम्म पहिचान हुन नसकेको सेतो सवारी साधनले साइकलमा सवार माझीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते माझीलाई उपचारका लागि अस्पताल ल्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भए पनि रकम अभाव भएका कारण उनको शव अस्पतालमै रहेपछि स्थानीयले चन्दा संकलन गरेर करिब १ लाख ८० हजार अस्पतालमा भुक्तानी गरेर मंसिर १८ गते जिल्ला अस्पताल कलैयामा पोस्टमाटम गरी सोमबार उनीहरुले शव सडकमा ल्याएर प्रदर्शन गरेका छन् ।

please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=YYs7Cp2tghc

Comment


Related News

Latest News

Trending News