अपडेट 
२०७९ मंसिर २०, मंगलवार १२:१८

आज (मंगलबार) सुनको भाउ तोलामा २ सय रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ सय रूपैयाँले घट्दै ९९ हजार ३ सय रुपैयाँ कायम भएको हो । अघिल्लो छापावाला सुन प्रतितोला ९९ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा २ सय रूपैयाँले नै घट्दै ९८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ३५ रूपैयाँले घट्दै प्रतितोला १ हजार ३५० रूपैयाँमा झरेका महासंघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News