२०७९ मंसिर २०, मंगलवार १६:४८

महाकाली नदीमा भारतले एकतर्फी बनाइरहेको तटबन्धको विषयमा नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाउने भएको छ ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली स्वाभिमानलाई मिचेकै कारण नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाउन लागेको जानकारी दिनुभएको हो ।

झापा क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य शर्माले महाकाली नदीमा भारतले बनाइरहेको तटबन्धले नेपाली स्वाभिमानलाई मिचेको बताउनुभयो ।

मंगलबार झापाको धुलाबारीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले नेपाली स्वाभिमानलाई कायम राख्न सबै एक हुनुपर्नेमा जोड दिनुभयो ।

आफ्नो क्षेत्रका बासिन्दालाई समस्या पर्दा आफू उपस्थित हुने र समस्यामा आफूलाई सम्झन उहाँले मतदातालाई आग्रह गर्नुभयो ।

Comment


Related News

Latest News

Trending News