आमनिर्वाचनको परिणाम सार्वजनिक हुन बाँकी नै रहेको बेला जनता समाजवादी पार्टी (जसपा)मा किचलो हुन थालेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँग गरिएको चुनावी तालमेल समाप्त भएको धारणा व्यक्त गरेको ७२ घण्टा नबित्दै सो पार्टीका संघीय परिषद् अध्यक्ष समेत रहेका नवनिर्वाचित सांसद अशोक कुमार राईले असन्तुष्टि जनाएका छन् ।
एमालेसँगको चुनावी तालमेल चुनाव सकिएसँगै समाप्त भएको अध्यक्ष यादवले गत आइतवार सार्वजनिक रुपमा घोषणा गरेका थिए ।‘चुनावका लागि गरिएको तालमेल चुनाव सकिएसँगै समाप्त भएको छ ’अध्यक्ष यादवले विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुलाई भनेका थिए । सत्तारुढ गठबन्धनबाट स्थानीय निकायको चुनाव लडेको जसपाले आमचुनावमा एमालेसित तालमेल गरेको थियो ।चुनावका लागि मात्र गरिएको तालमेल चुनाव सकिएपछि स्वतःसमाप्त भइसकेको अध्यक्ष यादवले तर्क दिए ।तर परिषद् अध्यक्ष राईले अध्यक्ष यादवको सो भनाईप्रति सहमत देखिएका छैनन् । देशमा सरकार गठनको प्रक्रिया सुरु हुनु अगावै दलहरुले आवश्यक बहुमत पु¥याउन गृहकार्य भने थालिसकेका छन् ।जसपा पनि सत्तारुढ गठबन्धनमा सहभागी भएर सरकारमा जान चाहेको छ । जसपामा खासगरी एमालेसँगको सहकार्यको विषयमा मतभिन्नता देखिएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले चुनाव लगत्तै एमालेसँगको तालमेल सकिएको अभिव्यक्ति दिए पनि सो पार्टीका संघीय परिषद् अध्यक्ष अशोक कुमार राईले भने त्यो यादवको व्यक्तिगत धारणा भएको बताएका छन् ।
धरानमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमालेसँगको तालमेल नसकिएको बताए । एमालेसँगको तालमेल सकिएको भनेर अध्यक्ष यादवले दिएको अभिव्यक्तिबारे राखिएको जिज्ञासामा उनले भने, ‘ यो उहाँको (अध्यक्ष यादवको) व्यक्तिगत धारणा हो । ’उहाँले नै सही गर्नु भएको कागजमा निर्वाचन पछि पनि यो तालमेल जारी रहन्छ भन्ने कुरा उल्लेख भएको छ ’ उनले भने, सहमति भएको विषयलाई एकतर्फी रुपमा समाप्त भएको घोषणा गर्न मिल्दैन् । काठमाण्डु गएर यसबारे अध्यक्ष यादवसँग छलफल गर्ने र पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने राईले बताए । चुनावमा यस पटक राई प्रत्यक्षबाट र उनकी श्रीमती सुशीला श्रेष्ठ समानुपातिकबाट सांसद हुने भएकी छन् ।अध्यक्ष यादव चुनावमा पराजित भएका छन् ।यस अघि संघीय परिषद्का अध्यक्ष रहेका डा.बाबुराम भट्टराईले यसरी नै अध्यक्ष यादवलाई कमजोर बनाउने प्रयास गरेका थिए ।
please subscribe our official youtube channel below and support us.


