अपडेट 
२०७९ मंसिर २१, बुधबार ०७:१६

नेपालमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव सम्पन्नभएर प्रत्यक्षतर्फको सम्पूर्ण नतिजाआइसकेको छ । हरेकको ध्यानलाई चुनावले नै तानेको छ । चुनावको विश्लेषण सर्वत्र भइरहेको छ । अझै समानुपातिकतर्फबाट को को प्रतिनिधि सभातथाप्रदेश सभा सदस्यमाचयन भइरहेका छन् भन्ने पूर्णतया निश्चित भइसकेको छैन । चुनाव सम्पन्न भइसकेको छ तर चुनावबाट निर्वाचितमाननीयज्यूहरुले पद तथा गोपनीयतको शपथ लिइसक्नु भएको छैन । अझै पनि माननीयज्यूहरु बधाई तथा शुभकामनामा व्यवस्त हुनुहुन्छ । यसै गरी माननीय ज्यूहरुको दैनिकीआफूलाई मतदिने मतदातालाई धन्यवाद दिनमै बितिरहेको छ । यस चुनावमा मुख्य प्रतिस्पर्धी भई सफल हुन नसकेकाहरु भने आफ्नो पराजयको गहन समीक्षा गरिरहनु भएको छ । चुनावकै चर्चा हरेकको मुखमा झुन्डिरहेको समयमा विश्वकप फूटबल प्रतियोगिता पनि चलिरहेको छ । मुख्य गरी युवातथा पुराना खेलकूद प्रेमी र फूटबलमा रुचिलिनेहरुको ध्यान विश्वकपले खिचेको छ । विश्वकपको क्रेज मुख्य गरी सहरी क्षेत्रमा निकै बढी रहेको छ । अहिले हामी कहाँ फूटबल खेल फिल्डमा केही कम देख्न पाइन्छ तर टेलिभिजनमा विश्वका चर्चित फूटबल क्लबहरुको खेलको प्रत्यक्ष प्रसारण हुँदा हेर्नेहरुको कुनै कमी छैन । राति हुने खेलकालागि साथीहरु एक ठाउँमा बस्ने वा घरमा मोबाइलमा अलार्म लगाएर फूटबल हेर्ने गरेको समूह हामी कहाँ रहेको छ । खेल प्रेमीहरुकालागि विश्वकप फूटबल प्रतियोगिता आफैँमा एउटा राम्रो अवसर हुने गरेको छ । आफूलाई मन पर्ने देशको खेल हुँदा त झन् दर्शकको रुपमा टेलिभिजन अगाडि बसेर खूब आनन्दित भइरहेका छन् । एकातिर देशको राजनैतिक चर्चा र अर्कोतिर विश्वकप फूटबल प्रतियोगिताको चर्चाको बिचमा भारतको राजधानी दिल्लीको चुनावको चर्चा पनिहाम्रो समाजमा खूब चलेको छ ।

मुख्य गरी राजनीतिको क्षेत्रमागहिरो चासो राख्ने बुद्धिजीवीहरुमा भने दिल्लीनगर निगमको चुनावले चर्चा पाएको हो । दिल्लीनगर निगमको चुनावले विभिन्नकारणले राजनैतिक बुद्धिजीवीहरुको ध्यानतान्न सकेको हो । उसै त दिल्लीमापानीपर्दा यहाँ छाता ओढ्नेहरु छन् भन्ने उखान नै प्रचलनमा रहेको छ तर छिमेकी देशको राजधानी रहेको नगरको नगर निगमको चुनावमामात्रहोइनविश्वका ठूला देशमाहुने चुनावमापनिचासो लिने राजनैतिक बुद्धिजीवीहरु रहेका छन् । यो हुनु स्वाभाविकहो, हुनुपर्छ । नेपालीले अन्तर्राष्ट्रियस्तरकाचुनावमाचासो लिनुलाई राम्रो मान्नु पर्दछ । एउटा सुन्दर पक्ष यो पनि छ किविदेशको कुनै ठूलो सहरको चुनावहुँदा नेपाली राजनैतिक बुद्धिजीवीहरुले सामान्यतयाकुनै पक्षको आलोचनागर्न रुचाउँदैनन् । चुनावको परिणाम आएपछि विभिन्नकोणबाट विश्लेषण गर्दछन् । हाम्रो अनन्य छिमेकीतथा बेटीरोटीको सम्बन्ध रहेको भारतको राजधानी रहेको दिल्ली सहरसमेत दिल्लीनगर निगमको चुनावहुँदायहाँका राजनैतिक बुद्धिजीवीहरुले चासो लिनु पनि पर्छ । एमसिडी (म्युनिसिपलकर्पोरेसन दिल्लीअर्थात् दिल्लीनगर निगम) चुनावप्रतिभारतका साथै नेपालको मात्रचासो नभएर अन्य देशको पनिचासो किनभएको हुनुपर्छ भने विश्वमा सबैभन्दा ठूलो प्रजातान्नित्रक देशको रुपमाभारत रहेको छ । विश्वमाअहिले भारतले आफ्नो पहिचानबनाउँदै लगेको छ । विश्वसको सबैभन्दा ठूलो प्रजातान्त्रिक देश भारतको राजधानी सहरसमेत रहेको दिल्लीनगर निगमको चुनावमतदाताको कारणले पनिचर्चामा रहेको छ । नगर निगमको चुनावमा एक करोडच्वालिस लाखमतदाता रहेको समाचार माध्यमहरुमाआएको थियो । करिब डेढ करोड मतदाताभएको नगर निगमको चुनावआफैँमा एउटा ठूलो चुनावजत्तिकै हुनु स्वाभाविकहो । यति ठूलो चुनावको लागि सबैतिर चर्चा हुनु पनिनौलो कुरो रहेन । यसैले यस चुनावको सबैतिर अलिक स्वाभाविकचर्चा भएको पनिहो ।एमसिडि चुनावभएको दिल्लीमादुई सय पचास वडा छन् ।करिब डेढ करोड मतदाताको लागि अढाई सय वडा हुनु भनेको एउटा वडा पनि सानो हुनु होइन । कुनै पनि देशको राजधानी सहरमा त्यस देशकाअधिकांश भूभागबाट मानिस आएर बसोबास गरेका हुन्छन् ।

भारत आफैँमाविशाल देश हो । अनेकविविधताभारतमा रहेको छ । जाति, भाषा, संस्कृतितथाधर्म आदिको दृष्टिकोणले भारतको विविधताको दर्शन दिल्लीमापनिगर्न पाइन्छ । कालान्तरमादिल्लीमा अनेक भाषाभाषी, जातजाति, धर्म संस्कृतिमान्ने तथाविभिन्नप्रकृतिकामानिसहरु त्यहाँका स्थायीवासिन्दाबन्नपुगेका छन् । जुनभूगोल वा संस्कृतिको क्षेत्रबाट दिल्लीपुगेर बसेकाभारतीयहरु छन्, सबैको साझादिल्लीबन्नपुगेको छ । यसै त कुनै पनि देशको राजधानी सहरलाई सामान्यतयाविचार, शिक्षा, चेतनाआदि दृष्टिकोणले उच्च मानिन्छ । राजधानीलाईजहाँपनि एउटा सुविधा सम्पन्न सहरको रुपमापनि लिइन्छ । सबै सुविधाहरु त्यहाँ हुन्छन् ।देशको अन्यभागको तुलनामा समस्यात्यहाँकमहुने गरेको सबैको अनुमान हुन्छ । राजधानीहुनुले देशकावरिष्ठ व्यक्तित्वहरुको बसोवास त्यहीँहुनु स्वाभाविकहो । राजधानी त कुनै पनि देशकानागरिकको लागिजहिले पनिआकर्षणको केन्द्र रहिरहन्छ । यस अवस्थामात्यहाँको नेतृत्वको लागिचुनावहुँदा सबै वर्ग, जातितथा क्षेत्रकाबासिन्दाको ध्यानजानु स्वाभाविकहो । सामान्यतया के मान्यता छ भने राजधानीमा जस्तो हावा चल्दछ, त्यसको प्रभाव देशको अन्यभागमापनि धेरथोर पर्दछ । राजनीतिको क्षेत्रमा यो अलिकतिकमहोला तर राजनीतिका साथै अन्य क्षेत्रमापनि राजधानीको जुनआधिकारिक कुरा हुन्छ, त्यसलेथोर बहुतप्रभावपारेको हुन्छ । दिल्ली राजधानी सहर भएकोले एमसिडी चुनावमा उठेका मुद्दाहरु राष्ट्रियस्तरकापनि देखिएकाथिए । नितान्त स्थानीय मद्दा पनिचर्चामाथिए । यसै गरी प्रदेश सरकारले गर्नुपर्ने मुद्दाहरु पनिदिल्लीको चुनावमाचर्चामाथिए । अनेक किसिमका मुद्दाहरु उठ्नु स्वाभाविकहो । संघीय शासन प्रणालीमा कुनै पनि सहर वा बस्ती दुई वातीन सरकारको अधिनमा हुन्छ नै ः केन्द्रीय, प्रान्तीयतथा स्थानीय । यहीतीनकिसिमको संरचनामा रहेको दिल्लीको चुनावमा सबै संरचनाबाट नागरिकलाई प्राप्तहुने सेवा र सुविधाको कुरा मुद्दा बनेको हुनुपर्छ । यसको अर्को कारण चाहिँ नेतृत्वपनिहो ।

अहिले केन्द्रमाभारतीयजनता पार्टीको नेतृत्व रहेको भने दिल्लीप्रदेश सरकारको नेतृत्वआमआदमी पार्टीको रहेको छ तथा एमसिडिमा भारतीयजनता पार्टीको नेतृत्व रहेको छ । भारतको निकै पुरानो पार्टी भारतीयकाँग्रेस (आई) केन्द्र, प्रान्ततथा स्थानीय सरकारमादिल्लीमा रहेको छैन । दिल्लीचुनावमा उठाइएका केन्द्र र स्थानीय सरकार सित सम्बन्धित मुद्दाहरु भारतीयजनता पार्टीसित सम्बन्धिततथाप्रदेश सरकारसित सम्बन्धित मुद्दाहरु आमआदमी पार्टीसित सम्बन्धित छन् भन्ने विश्लेषण गरिएको छ । यसपटकको एमसिडि चुनावमाकाँग्रेस (आइ) लाई खासै कतैबाट कुनै गम्भीर प्रश्नगरिएको छैन । लोकतान्त्रिकव्यवस्थामाचुनाव त एउटा पर्व जस्तै हुन्छ । यस उत्सवमानागरिकले आफ्नो मताधिकारको प्रयोग गरेर आफ्नो प्रतिनिधिको चयनगर्दछन् । मतदाताको मतबाट नै निर्वाचितप्रतिनिधिले तोकिएको अवधि (सामान्यतयापाँचवर्ष) सम्मनियमकानुनबनाउने र त्यसको अधिनमा रहीनागरिकलाई सेवा, सुविधाउपलब्ध गराउने हुन्छन् । वा, पहिलेदेखि नै प्रयोग र प्रचलनमा रहेको नियमकानुनको अधिनमा रहीआफूलाई नागरिकमाझ प्रस्तुतगर्दछन् । अवधि पूरा भएपछि मतदातामाझअनुमोदनकालागिपुनः पुग्दछन् । लोकतन्त्रमा यो चलिरहने निरन्तरको प्रक्रियाहो र यहीकारणले पनि सम्बन्धित ठाउँको आर्थिक क्षमता, प्राविधिकको उपलब्धतातथाअन्य केहीकारणले विकास निर्माण तथा सेवा सुविधा संचालनभइरहेको हुन्छ । सर्वसाधारणले फरक महसुस गर्ने हुन्छन् । सन्तुष्टि र असन्तुष्टि यही मतबाट ल्याउने हुन्छन् । यही मतबाट एक अर्थमाआगामीपाँचवर्षको लागिआफ्नो शासकचुन्ने गर्दछन्, शासकत्व स्वीकार गर्ने गर्दछन् । यहीकारणले कतिपयले चुनावलाई मौन क्रान्तिपनि भन्दछन् । संसारले देखेको छ, नागरिकको मन जितिरहने चाहिँ कैयौँ दशकसम्मलगातार निर्वाचितभएका छन् ।

दिल्लीको चुनावको नतिजा कस्तो आउलाभन्ने पक्षमाहामीकहाँखासै विश्लेषण नहोलाकिनभने यतिबेला नेपालमाचुनावनतिजाको विश्लेषण भइरहेको छ । यद्यपिविदेशको राजनीतितथाचुनावमाचासो राख्ने राजनैतिक बुद्धिजीवीले भने विश्लेषण गर्ने नै छन् । भारत लोकतन्त्रको निष्ठामा विश्वमा अगाडि बढेको यस्तो विशाल देश हो, जहाँ हरेक वर्ष प्रान्तीयचुनावभइरहन्छ । विभिन्न ठाउँमा स्थानीयचुनावपनिभइरहन्छ तर एमसिडिको चुनावको जस्तो चर्चा परिचर्चा अन्य स्थानीयचुनावले त्यत्तिपाएको पाइँदैन । हो, प्रान्तीयचुनावहरुको परिचर्चा भने निकै धेरै हुन्छ । एमसिडिको चुनाव केहीहदसम्म मिडियाको कारणले पनि बढी चर्चामाआएको हो । एमसिडीको चुनावअत्यन्त शान्तिपूर्ण रुपमा सम्पन्नभएको तर केहीप्रतिशतमतकम खसेको मिडियाहरुले सार्वजनिक गरेका छन् ।

Comment


Related News

Latest News

Trending News