जनकपुरधाम । विगत ४ दिनदेखि नगराइन नगरपालिका ठप्प भएको छ । कार्यालय, विद्यालय, स्वास्थ्य चौकी लगायत नगरपालिकाको कार्यालयबाट हुने सेवा प्रवाह सबै बन्द छ । नगरपालिका अन्तर्गतका कर्मचारीहरु साउनदेखि तलब नपाएको भन्दै तलब, सेवा सुविधा पाउनुपर्ने माग गर्दै विगत ४ दिन देखि तालाबन्दी गरी आन्दोलित छन् ।
नगरपालिकाले अहिलेसम्म नगर परिषद् गर्न नसकेका कारण कार्यालयबाट हुने सबै प्रकारका सेवा ठप्प पारेर कर्मचारीहरु आन्दोलनमा छन् ।उपभोक्ता समिति गठन तथा नगरस्तरीय बजेट कार्यान्वयनका लागि विगतमा बनेको कार्यविधि संशोधनको माग राख्दै नेकपा एमाले आवद्ध जनप्रतिनिधिहरुले असार १० मा हुने नगरसभा अहिलेसम्म हुन दिएका छैनन् । यस भन्दा पहिलेका मेयर परमेश्वर यादवले नगरस्तरीय बजेटमा वडाध्यक्षहरुको रोहवरमा उपभोक्ता समिति गठन हुने तर, त्यो बजेट नगरपालिकाबाट प्रत्यक्ष रुपमा सञ्चालन गर्न पाउने भनि कार्यपालिकाको बैठकबाट सर्वसम्मतले पारित गराएका थिए । त्यतिबेला उनी बहुमतमा थिए । तर, वर्तमान मेयर विनय यादव अहिले अल्पमतमा छन् र उनी भन्दा बढी सदस्यहरु एमालेको पक्षमा छन् । नेपाली कांग्रेसबाट विजयी भएका मेयर यादवलाई त्यहा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जनप्रतिनिधिहरुले साथ दिए पनि एमाले संग पूर्ण बहुमत रहेका कारण उनीहरु त्यो प्रावद्धान नहटाए नगर सभा हुन नदिने अडानमा रहेका छन् । नगराइन नगरपालिका–८ का वडाध्यक्ष संजय राउतले संशोधन नभएसम्म आपूmहरु नगरसभा हुन नदिने अडान लिएका छन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले मंगलवार सबै वडाका वडाध्यक्ष लगायत मेयर उपमेयरलाई कर्मचारीहरुको समस्या समाधानका लागि बैठक बोलाइए पनि वडाध्यक्ष राउतका अडानले वैठक सफल हुन सकेन् । कर्मचारीहरु आन्दोलित छन्, समस्या सामाधान गर्नुपर्ने जनप्रतिनिधिहरुको दायित्व रहेको भन्दै प्रमुख प्रशासकीय अधिकृत कर्णले जनप्रतिनिधिहरु समक्ष हारगुहार लगाए पनि एमालेका जनप्रतिनिधिहरुले भने टेरेका थिएन् । मेयर यादवले पुरानै ऐन अनुसार हिड्न बैठकमा तथा विभिन्न चरणमा भएको वार्तामा आग्रह गर्दै आपूmले कुनै प्रकारको अनैतिक काम गरे त्यो दिन देखि तपाईहरुलाई कुनै नगरसभामा सहमति जनाउन आग्रह नगर्ने बताए पनि उनीहरुले त्यो मागको बारेमा गम्भीर नभएको बैठकमा सहभागी एक जनप्रतिनिधिले जानकारी दिए । वर्तमान मेयर यादवले कर्मचारीहरुको समस्या सामाधान गर्न जनप्रतिनिधिहरुसंग आग्रह गर्दै उनले सवैको मञ्जुरीमा नगरपालिकाको कामकारवाही आगाडि बढ्ने बताउँदै उनले पटक पटक आग्रह गर्दा पनि ती वडाध्यक्षहरुले टेरेका छैनन् । बैठक सम्पन्नपछि जनकपुर टुडे संग कुराकानी गर्दै मेयर यादवले भने–‘ नगरसभा सबै समस्याको जरो रहेकोछ, मैले जनप्रतिनिधि साथीहरुसंग कुराकानी गरे तर, उनीहरु आफ्नो अडानमा छन् । समस्या सामाधान तिर ध्यानाकर्षण हुन सकेको छैन् ।’ एमाले सम्बद्ध जनप्रतिनिधिहरुले वडास्तरीय बजेट आपूm अनुकूल चलाउने र नगरस्तरीय बजेट पनि आपूm अनुकूल नै चलाउने अडान लिएपछि विगतको कार्यकाल देखि नै विवाद हुँदै आएको छ । त्यस भन्दा पनि त्यहाँ नेपाली कांग्रेस र नेकपा एमालेबीचको द्वन्द देखिएको छ । त्यहाँ धनुषा निर्वाचन क्षेत्र नम्वर ३ की एमाले सांसद जुली कुमारी महतोको प्रत्यक्ष निगरानीमा जानी जानी विवाद निम्त्यिाइएको स्थानीयहरु बताउँछन् ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको गृहनगर रहेको नगराइनमा जुली आफ् नो प्रभाव कायम गर्नका लागि आफ्ना नेता कार्यकर्तालाई परिचालन गरी कांग्रेसबाट विजयी भएका मेयर यादवलाई असफल तुल्याउन चाहेकी स्थानीय वेचन यादवले बताए । उनी जस्तै बुझाई रामपुकार साह, जयनाथ झा लगायत दर्जनौको रहेको छ । मेयरमा यस भन्दा पहिला पनि कांग्रेस नै विजयी भएको थियो भने यस पटक पनि कांग्रेस नै विजयी भएपछि जुलीको सक्रियतामा नगराइन नगरपालिकालाई असफलताको बाटोमा लैजान चाहेको स्थानीय विल्टु विनले बताए । यता, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट मेयरका प्रत्याशी तथा राजेश (राजु) चौधरीले जनताप्रति मेयर र उपमेयर दुबै अनुदार रहेको आरोप लगाएका छन् । हामीले पटक पटक आन्दोलन गरेर नगरसभाको माग गरेको जानकारी दिँदै ती आन्दोलनको माग पूरा स्वरुप मेयरले नगरसभा बोलाएका थिए तर, एजेण्डाविहीन नगरसभा रहेको आरोप लगाए । नगराइन नगरपालिकाका मेयर यादव र उपमेयर राधादेवी यादव दुबैमा अहंकार, दम्भले भरिपूर्ण रहेका कारण सम्पूर्ण नगरवासी नै समस्या झेल्ने अवस्था आएको आरोप लगाए । उनले आपूmहरु सकारात्मक प्रतिपक्षीको भूमिकामा रहेको र जनताको हितमा हुने कार्यको साथमा रहेको बताए ।


