दाइजो कम दिएको निहुँमा हिंसामा परेकी नेहा चौधरीले श्रीमान विरुद्ध अदालतमा मुद्दा दायर गरेकी छन् ।
उनी श्रीमान डा.पंकज चौधरी विरुद्ध जिल्ला अदालत महोत्तरीमा घरेलु हिंसा र दाइजो विरुद्ध दुई मुद्दा दर्ता गराइन् । महोत्तरीको औरही नगरपालिका १ घर भएकी नेहा र सोही जिल्लाका रामगोपालपुर नगरपालिका ५ का डा. चौधरीबीच ०७८ फागुनमा विवाह भएको थियो । विवाहमा नेहाका परिवारले दाइजोमा २० तोला सुनका गहना र ५१ लाख रुपैयाँ नगद दिएको थियो । तर पनि दाइजो नपुगेको भन्दै उनीमाथि याताना दिन थालियो । दशैं टिकाको दुई दिनपछि नेहालाई श्रीमानले निर्घात कुटपिट गरेपछि माइती पक्षले उद्धार गरी अस्पताल पुर् याएको थियो । उपचार पश्चात स्वास्थ्यमा सुधार आएपछि उनले न्यायका लागि अदालतमा मुद्दा दायर गरेकी छन् । उनका श्रीमान् डा. चौधरी काठमाण्डुको नर्भिक अस्पतालमा कार्यरत थिए । तर यो घटना बाहिर आएपछि अस्पताल प्रशासनले उनलाई बर्खास्त गरिसकेका छन् । उनले पनि अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दिएका छन् ।
पीडित नेहा भने सम्बन्ध विच्छेद गर्ने पक्षमा छैन् । मंगलबार रामगोपालपुर नगरपालिका पुगेर न्यायिक समितिमा पनि मुद्दा दर्ता गराउन गएकी थिइन् । तर नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र न्यायिक समितिको संयोजक समेत रहेकी उपप्रमुख नभेटेपछि उनी फर्केकी छन् ।
please subscribe our official youtube channel below and support us.


