अपडेट 
२०७९ मंसिर २१, बुधबार ०७:२७

बाराको सिम्रौनगढमा मलको विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ ।

सिम्रौनगढ नगरपालिकाको ४ नम्बर वडाले कार्यालयले पाएको रासायनिक मल वितरण माग गरिएको आवेदन दिने क्रममा विवाद हुँदा झडप भएको छ । वडा कार्यालयले पाएको उक्त मल वितरण गर्न १५ मंसिरदेखि १८ मंसिरसम्म आवेदन दिने समय तय गरिएको थियो । तर, केही किसान आवेदनको अन्तिम मिति रहेको दिन १८ गते अपरान्ह निवेदन लिएर कार्यालय पुगेका थिए । तर, कार्यालय बन्द भइसकेको थियो । कार्यालय ४ बजेसम्म खोल्नु पर्नेमा अगाडि नै बन्द गरेर आफूहरुलाई मल लिनबाट बञ्चित गरिएको भन्दै उनीहरुले कार्यालयमा तालाबन्दी गरेका थिए । मंगलबार तालाबन्दी खोल्ने क्रममा उनीहरु र अर्को पक्षबीच विवाद हुँदा झडपको अवस्था सिर्जना भएको हो । दुबै पक्षले लाठीभाटा लिएर झडपमा उत्रिएका कारण कार्यालयमा लागेको ताला खुल्न सकेको छैन ।

please subscribe our official youtube channel below and support us.

Comment

Related News

Latest News

Trending News