अपडेट 
२०७९ मंसिर २१, बुधबार ०७:३५

सप्तरी । सप्तरीको राजविराजमा अव्यवस्थित, दुर्गन्धित र शौचालय विना ल्याबहरू सञ्चालन गरिएको छ।

महदेवा गाउँपालिका–४ का नजवुन खातुन बिरामी नातीको दिसा जाँच गराउन मंगलम डायग्नोस्टिकमा पुगेका थिए । डाक्टरले दिसा जाँच गराउन लगाएपछि उनी ल्याबमा पुगेका थिए । उनले जाँच गराउन गएको ल्याबमा शौचालय नहुँदा ल्याब अगाडिकै सडकमा उनले नातीलाई दिसा गराउनु परेको थियो । उनलाई ल्याबमा ट्वाइलेट नभएका कारण बच्चालाई सडकमा दिसा गराउनु परेको थियो । यहाँ धेरै ल्याबहरू यसैगरी चल्ने गरेका छन् । राजविराजको अति व्यस्त मुख्य सडकदेखि पाँच मिटरभित्र ल्याब छ । योसँगै ऐनसेल सेन्टर, बैङ्क शाखाहरू, होटलहरू र अन्य थुप्रै ठूलठूला व्यवसाय पनि सञ्चालन रहँदै आएका छन् । यो ल्याबमा दैनिकजसो आउने गरेका सयौँ सेवाग्राहीहरूमध्ये अधिकांशले ल्याब अगाडिको सय मिटर लामो सडकमा दिसापिसाब गर्छन् । ल्याबटेस्टका लागि ल्याइएका बालबालिकालाई ट् वाइलेट उपलब्ध नगराउँदा ल्याबटेस्टका लागि ल्याइएका बालबालिकालाई सडकमै दिसापिसाब गराउँदै गरेको दृश्यहरू देख्न पाइन्छ। ल्याबबाट निस्किने दिसापिसाब जस्ता दुर्गन्धित फोहोरहरू समेत सडकमै फाल्ने गरिन्छ । नाम नबताउने शर्तमा त्यहीँका एक पसल सञ्चालकले बताए । ल्याब सञ्चालक डाक्टर अमित शाहले ल्याबभन्दा अलिपर शौचालय रहेको बताए । उनले साँचो दिएर ल्याबमा आउने सेवाग्राहीलाई ट्वाइलेट पठाउने गरेको दाबी गरे। राजविराजमा दर्जनभन्दा बढी ल्याबहरूमा शौचालय नभएको अवस्थामा सञ्चालन भइरहेका छन्। यसले शहरलाई नै दुर्गन्धित बनाएको छ।

Comment


Related News

Latest News

Trending News