अपडेट 
२०७९ मंसिर २१, बुधबार १५:१८

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभाबाट निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्वको महाभियोग प्रस्ताव जीवितै रहेको बताउनुभएको छ ।

बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नमा जवाफ दिदै मन्त्री कार्कीले प्रधानन्यायधीश जबराविरुद्वको महाभियोग प्रस्ताव जीवितै रहेको बताउनुभएको हो । उहाँले प्रतिनिधिसभामा निलम्बित प्रधानन्यायधीश जबराविरुद्ध महाभियोगको प्रस्तावमाथि छलफल भएर त्यो छलफलको प्रतिवेदन पेश भएको भन्दै उक्त महाभियोग सार्वभौम सम्पन्न संसद्को सम्पत्ति भएकाले यसको छलफल आउने प्रतिनिधिसभाले गरेर निर्णयमा पुग्ने प्रष्ट पार्नुभयो ।

संसद् सचिवालयका महासचिव भरतराज गौतमले जबरालाई महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र दिएपछि उक्त पत्र संवैधानिक वा असंवैधानिक भन्ने प्रश्न उठेपछि सरकारका तर्फबाट प्रवक्त कार्कीले महाअभियोग कायमै रहेको भन्दै आगामी संसदले जबराविरुद्वको महाभियोग टुङ्ग्याउने बताउनुभयो ।

Comment

Related News

Latest News

Trending News