अपडेट 
२०७९ मंसिर २२, बिहीबार ०६:४७

लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा)ले आमनिर्वाचनमा अप्रत्याशित परिणामको पीडा भोगिरहँदा अध्यक्ष महन्थ ठाकुर भने बधाई लिन व्यस्त छन् ।

पराजित भएका पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो, अनिल कुमार झा, प्रदेश सभामा सञ्जयकुमार सिंह लगायतले समीक्षा थालेका छन् । लोसपाका अध्यक्ष ठाकुर, शरतसिंह भण्डारी समेत ४ जना प्रतिनिधि सभामा निर्वाचित भएका छन् ।समानुपातिकतर्फको मत ३ प्रतिशत प्राप्त हुन नसकेको कारण राष्ट्रिय पार्टीसमेत बन्न सकेन् ।त्यसकारण समानुपातिकतर्फको प्रतिनिधिसभाको सिट पाउन लोसपा असफल भएको छ । राष्ट्रिय राजनीतिमा अस्तित्व नै संकटमा परेको लोसपाका पराजित प्रमुख नेताद्वय महतो र झा हारको कारण खोतल्न थालेका छन् ।२०७४ सालमा लोसपाबाट धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका तत्कालीन उपसभापति विमलेन्द्र निधिलाई पराजित गरेका महतोले भने यस पटक क्षेत्र छाडेका थिए ।नेकपा एमालेकी नेतृ जुली महतोले लोसपाका अनिल कुमार झालाई फराकिलो मतान्तरले पराजित गरिन् । सत्तारुढ गठबन्धनमा समावेश रहेको लोसपाले धनुषा जिल्लामा प्रतिनिधि र प्रदेश सभामा खाता खोल्न सकेन् ।

प्रतिनिधि सभा क्षेत्र ३ मा झा कमजोर देखिए पनि प्रदेश सभा ‘ख’ मा निवर्तमान सांसद परमेश्वर साह जित्ने अनुमान गरिएको थियो । हुनत लोसपाका मधेश प्रदेश सचिव रामविनोद चौधरी(पप्पु)ले पराजयको कारण नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको टाउकोमा थुपारेका छन् ।प्रदेश ‘ख’मा निधिले नै कांग्रेसका नेता हरिशंकर साहलाई बागी उम्मेदवार उठाएर पराजित गराएको चौधरीको आरोप छ । वरिष्ठ नेता महतोको निवासमा भएको छलफलमा प्रदेश ख का उम्मेदवार परमेश्वर साह सहभागी छैनन् ।साहले चुनावको परिणामलाई स्वीकार गरेको जनाउँदै मधेश र मधेशी अधिकारका लागि निरन्तर लागिरहने बताए । ‘लोकतान्त्रिक प्रक्रियामा जनताले दिएको अभिमतलाई आत्मसातगर्दै आगामी दिनमा अझ बढी सक्रियताका साथ जनसेवामा समर्पित रहनेछु’ उनले भने, चुनावमा गठबन्धनबाट सहयोग नभएको जाहेर नै छ ।लोसपाका केही नेता र कार्यकर्ताहरुले साह विरुद्ध सक्रिय भएर लागेको आरोप लाग्ने गरे पनि औपचारिक धारणा पार्टीले सार्वजनिक गरेको छैन् । पार्टीका उम्मेदवारहरु पराजित भए लगतै जनकपुरधाम उपमहानगरपालिकाका लोसपा अध्यक्ष मनोज कुमार चौधरीले राजिनामा दिएका थिए ।नैतिकताको कारण राजिनामा दिएको उल्लेख गरे पनि उनी लोसपाको साधारण सदस्यता समेत परित्याग गरिसकेका छन् । बैठकमा समेत सहभागी रहेका चौधरीले भने समीक्षा बैठक नरहेको बताउँदै नेता महतोसित भेटघाट मात्र रहेको बताए ।

मधेशमा भएका आन्दोलनहरुमा सक्रिय नेतृत्व गरेका महतो र छात्र राजनीतिदेखि नै मधेशका लागि लडेका झा पराजयको पीडामा रहेका बेला लोसपाका अध्यक्ष ठाकुरले भने बाजागाजा बजाउँदै बधाई लिइरहेका छन् । नेता महतो र झा भन्दा धेरै पछि मधेश आन्दोलन ठाकुरको सहभागिता भएको हो । पार्टीलाई पारिवारिक बनाएको आरोप खेप्दै आएका ठाकुरले प्रतिनिधिसभातर्फ आफ्नी छोरीलाई महिला मधेशी कोटाको १ नम्बरमा नाम राखेका थिए ।तर राष्ट्रिय दलको हैसियत प्राप्त गर्न असफल भएको लोसपामा ठाकुरको चाहना पूरा हुन सकेन् । उच्चस्रोतका अनुसार लोसपाको मधेश प्रदेशमा प्रत्यक्षतर्पm ५ र समानुपातिकतर्फ २ स्थानमात्र प्राप्त गर्न सकेको छ ।पार्टी नै धराशायी हुने अवस्थामा पुगेकाले अध्यक्ष ठाकुरलाई राजिनामा दिनुपर्ने माग पनि उठाउने तयारी भइरहेको स्रोतले जनाए । लोसपाबाट निर्वाचित चारै जना सांसदहरुको हैसियत स्वतन्त्र भएको छ ।उनीहरुलाई दलबदल अथवा दलको व्हिप लाग्ने छैन् ।मधेश राजनीतिमा हालसालै उदाएको जनमत पार्टीले राष्ट्रिय हैसियत प्राप्त गरेको छ ।रवी लामेछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो चुनावमै राष्ट्रिय दलको हैसियत प्राप्त गरी सरकार गठनमा निर्णायक भूमिकामा पुगेको छ ।

please subscribe our official youtube channel below and support us.

Comment

Related News

Latest News

Trending News