अपडेट 
२०७९ मंसिर २२, बिहीबार ०६:५६

रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वड़ा नम्बर ४ मा रहेको जनता माध्यमिक विधालयको शिक्षकले नाबालिक छात्रा सित दुव्र्यवहार गरेको विषयमा स्थानीय र प्रहरी विच झड़प भएको छ ।

विद्यालयको कक्षा ५ मा अध्यनरत नबालिका छात्रालाइ सही विद्यालयका शिक्षक बिरेन्द्र सिंहले दुर्व्यवहार गरेको भन्दै आक्रोशित अभिभावकहरुले शिक्षक सिंह माथि आक्रमण गर्न खोज्दा झड़प भएको हो । नबालिकालाइ दुर्व्यवहार गर्ने शिक्षक मेथी अभिभावकहरुले आक्रोशित भएर कुरपित गर्न खोज्दा भीड़ नियंत्रण गर्नको लागि प्रहरीले २ राउण्ड आश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक उमाशंकर यादवले जानकारी दिएका छन । स्थानियहरुले प्रहरी माथि गरेको ढुङ्गा प्रहारबाट प्रहरी नायव निरीक्षक , एक प्रहरी सहायक निरीक्षक सहित ५ जना प्रहरी सामान्य घाइते भएका हुन । विद्यालय ज्ञानका मंदिर भनिए पनि गुरुको भूमिकामा रहेका शिक्षकले विधार्थी सित दुर्व् यवहार गर्नु निंदनीय रहेको भन्दै स्थानियहरुले शिक्षक सिंह माथि कÞानूनी कार्यवाही गर्न जोड़दार रुपमा मांग गरेका छन । महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको समयमा छात्रा सित एउटा शिक्षकले गरेको दुर्व्यवहार महिला तथा बालबालिका प्रतीकों अन्याय रहेकोले कडा रुपमा कÞानूनी कार्यवाही गर्नु पर्ने महिला अधिकारकर्मीहरुको मांग रहेको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News